logo

संविधान दिवसमा मुख्यमन्त्री सिंह, संघीयता जोगाउन संसदको सामना गर्छु

 इसीमाना सम्बाददाता     २०८२ असोज ३ गते ०५: २७ मा प्रकाशित     239   पटक पढिएको

जनकपुरधाम । संविधान घोषणा भएको १० वर्ष पूरा भएको अवसरमा मधेश प्रदेश सरकारले शुक्रबार संविधान दिवस मनायो ।

 

 जेनजी आन्दोलनका कारण क्षतिग्रस्त मधेश भवनभित्रको कभर्ड हलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्ना विवादित कदमबारे सार्वजनिक टिप्पणी गर्दै संघीयताको रक्षामा आफू दृढ रहेको दाबी गरे ।

 

सिंहले समारोहमा पार्टी र जनतामाझ मिश्रित सन्देश दिएका छन् । एकातिर उनले फेसबुकमार्फत राजीनामा दिएको स्वीकार गरे भने अर्कोतिर संसदको विश्वासको मत सामना गरेर पदमै टिक्ने अठोट दोहोर्याए ।

 

 राष्ट्रपतिले संविधानको रक्षा गर्न राजीनामा दिएनन म पनि संघीयता जोगाउन संसदको सामना गरेरै अघि बढ्छु,उनले भने ।

 

तर सिंहको भनाइले प्रश्न उठाएको छ । फेसबुकजस्ता सामाजिक सञ्जालमा आवेगमा लेखिएको राजीनामाले प्रदेश सरकारको विश्वसनीयता र गम्भीरता कमजोर बनाएको विश्लेषकहरूको टिप्पणी छ ।

 

जनताले प्रत्यक्ष निर्वाचित नगरेको प्रदेश सरकारको नेतृत्वले यस्तो हल्का प्रयोग गर्दा संस्थागत अभ्यासमा नकारात्मक असर परेको भन्दै आलोचना भइरहेको छ ।

 

सिंहले दलका नेतृत्त्व र विज्ञसँग सल्लाह गरेर मात्रै आफ्नो कदमलाई परिमार्जन गरेको बताएका छन् । तर यो प्रक्रियाले दलभित्रको गहिरो असमञ्जस मात्र देखाएको छ भन्ने पनि टिप्पणी आएको छ ।

 

पार्टीले मुख्यमन्त्री नै ठिक भन्ने संकेत गर्छ कि सिंहलाई प्रतिस्थापन गर्छ भन्ने अन्योल अझै कायम छ । यद्धपी मुख्यमन्त्री सिंहले संसदको सामना गर्ने र त्यसबाट पार्टील े पनि आफ्नो कदम ठिक भएको  निष्कर्ष निकाल्ने बिश्वास ब्यक्त गरेका छन । 

 

यसरी संविधान दिवसजस्तो अवसरमा मधेश प्रदेशले उत्सवभन्दा बढी राजनीतिक तरङ्ग अनुभव गरेको छ । संबिधानको उत्सव भन्दा पनि  प्रदेश राजनीतिमा नेतृत्व संकट र संस्थागत परिपक्वताको प्रश्न उजागर गरिदिएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.