logo

वीरगञ्जमा नेकपा एमालेद्वारा संविधान दिवस विशेष कार्यक्रम सम्पन्न

 इसीमाना सम्वाददाता     २०८२ असोज ३ गते ०७: ५५ मा प्रकाशित     594   पटक पढिएको

वीरगञ्ज । संविधान दिवस–२०८२ को अवसरमा नेकपा एमाले वीरगञ्ज महानगर कमिटीले आज एक विशेष कार्यक्रम आयोजना गरी संविधान दिवस मनाएको छ।

 

 

कार्यक्रममा पार्टीका जिल्ला र महानगर स्तरका पदाधिकारी, जनप्रतिनिधि, महिला तथा युवा संगठनका प्रतिनिधि, कार्यकर्ता र स्थानीय सरोकारवालाको उत्साहजनक उपस्थिति रहेको थियो।

 

कार्यक्रममा  अतिथिका रूपमा सम्बोधन गर्दै नेताहरूले २०७२ सालमा जारी भएको नेपालको संविधानलाई ऐतिहासिक उपलब्धि ठहर गर्दै यसको संरक्षण र कार्यान्वयन सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे।

 

पार्टीका मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले लोकतान्त्रिक मूल्य–मान्यता, सामाजिक न्याय, समानता र समावेशी अधिकारलाई संविधानको मेरुदण्डका रूपमा व्याख्या गर्दै त्यसलाई व्यवहारमा रूपान्तरण गर्न सबै तह र तप्काले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिए।

 

उनले शान्तिपूर्ण जनक्रान्तिको जगमा स्थापित संबिधान कसैको निगाहमा नवनेको चर्चा गर्दै त्यही संबिधान समाप्तकालागि बिभिन्न कोणबाट भएका षडयन्त्र भएकोले सचेत हुनु पर्नेमा जोड दिए । 

 

कार्यक्रममा  पार्टीका केन्द्रीय सल्लाहकार एवं वीरगंज महानगरका निर्वतमान प्रमुख बिजय कुमार सरावगी लगायतका नेताहरुले संबिधानको रक्षाका निम्ति नेकपा एालेको भूमिकाको बारेमा र्चा गरेका थिए । कार्यक्रममा सहभागीहरूले नेपालको संविधानलाई राष्ट्रिय एकता र समृद्ध भविष्यको आधारशिला भन्दै दीर्घायुको कामना गरेका थिए।

 

एमाले वीरगञ्ज महानगर कमिटीका पदाधिकारीहरूले संविधान दिवसलाई राष्ट्रिय गौरवको दिनका रूपमा मनाइरहनुपर्ने बताए। साथै, उनले संविधानका मर्म र भावना कार्यान्वयन गर्ने प्रक्रियामा एमाले सदैव अग्रपंक्तिमा रहने प्रतिबद्धता जनाए।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.