logo

वीरगंज महानगरको बजेट पुनः निर्माणतर्फ संशोधन, सहिद असहाब आलमका परिवारलाई ५ लाख सहयोग

 इसीमाना सम्वाददाता     २०८२ असोज ४ गते ११: ३८ मा प्रकाशित     194   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२र८३ को बजेटलाई संशोधन गर्दै नगर पुनःनिर्माणलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ।

 

शनिबार सम्पन्न विशेष अधिवेशन (विशेष नगर सभा) ले गत भदौ २४ गतेको आन्दोलनपश्चात ध्वस्त बनेको महानगरको संरचना पुनः निर्माण गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको हो।

 

गत महिनाको २४ गते सचेत युवाहरू (जेनजी) नेतृत्वको आन्दोलनले महानगर कार्यालय भवनसहित सम्पूर्ण संरचना खरानी बनेपछि नगरवासीलाई सेवा प्रवाहमा गम्भीर समस्या आएको थियो।

 

 यही पृष्ठभूमिमा नगरसभाले ३ अर्ब २२ करोड ४८ लाख रुपैयाँको पूर्व बजेट संशोधन गरी करिब ३० करोड रुपैयाँ पुनःनिर्माणमा खर्च गर्ने निर्णय गरेको हो।

 

संशोधित बजेटअन्तर्गत प्रशासनिक भवन निर्माण, सवारी साधन तथा मेसिनरी उपकरण खरिद, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचर जस्ता आवश्यक सामग्रीको व्यवस्था, गाडी भाडा, बिजुलीबत्ती, कार्यालय मर्मत लगायतका कार्य प्राथमिकतामा पर्नेछन्।

 

महानगर प्रमुख राजेशमान सिंहले विशेष अधिवेशनमा बजेट संशोधन प्रस्ताव प्रस्तुत गर्दै नगरको सेवा प्रवाहलाई पुनःस्थापना गर्न बजेट पुनःसंयोजन अपरिहार्य भएको बताए।

 

यसैबीच, विशेष अधिवेशनले आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागी शहादत प्राप्त गरेका वीरगंज–१२ का युवा असहाब आलमको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि सर्वसम्मत पारित गरेको छ।

 

यो निर्णयले एकातिर शहिद परिवारलाई सम्मान गर्ने सन्देश दिएको छ भने अर्कोतर्फ पुनःनिर्माणलाई प्राथमिकतामा राख्दै नगरलाई चाँडै सेवा–सुगम अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.