logo

जेन जी आन्दोलनका शहीदहरुप्रति पर्सा कांग्रेस र मिसा देय दबुको सम्मान र श्रद्धाञ्जली

 इसीमाना सम्बाददाता     २०८२ असोज ४ गते ०८: ३७ मा प्रकाशित     372   पटक पढिएको

वीरगंज ।  नेपाली कांग्रेस पर्साले वीरगंजमा जेन जेड आन्दोलनमा ज्यान गुमाएका युवा, प्रहरी र नागरिकहरूलाई सम्मान गर्दै १३औँ पुण्यतिथिमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेको छ।

 

कार्यक्रममा उपस्थित नेताहरूले राष्ट्रिय एकता र युवा सहभागिताको महत्वमा जोड दिँदै, जीवनको मूल्यलाई सधैं सम्मान गर्नुपर्ने कुरामा जोड दिए ।

 

सहभागीहरूले भावपूर्ण मौन धारण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरे। भदौ २३ र २४ गते भएको आन्दोलनमा ७५ जना नागरिकको ज्यान गएको थियो ।

कार्यक्रमको समापनमा “भावपूर्ण)श्रद्धाञ्जली” भन्ने ह्यासट्यागसहित सामाजिक संजालमा श्रद्धाञ्जली अभिव्यक्त गरिएको छ।

 

 नेपाली कांग्रेस पर्साका सपापति एवं मधेश सरकारका कृषिसहकारी तथा भूमी सुधारमन्त्री जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी, जिल्लाका उपसभापति रामनारायण कुर्मी, बिजय सर्राफ। महम्मद शाहबुदिन,श्याम पोख्रेल पूर्व मन्त्री ओम प्रकाश शर्मा सहित युवा नेताहरुको सहभागिता रहेको थियो ।

 

त्यसैगरि  नेपाल – मिसा देय् दबु जिल्ला कार्य समिति पर्साको आयोजनामा वीरगंजको घण्टाघरमा भदौ २३ र २४ गते शहादत प्राप्त शहीदहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा सहभागीहरूले शहीदहरूको अदम्य साहस र त्यागलाई सम्मान गर्दै दीप प्रज्वलन गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। आयोजकहरूले शहीदहरूको बलिदानलाई सदैव सम्झन र राष्ट्रिय एकताको महत्वलाई उजागर गर्नुपर्नेमा जोड दिएका छन्।

May be an image of 4 people, temple and text

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.