logo

छोटो अवधिीमै  जनमत पार्टी फुट्यो , जनस्वराज र युथ फर नेशन अभियान सुरु,मधेशको राजनीति तरंगीत

 इसीमाना सम्वाददाता     २०८२ असोज ५ गते ०४: ५४ मा प्रकाशित     213   पटक पढिएको

वीरगन्ज।जनमत पार्टीभित्र देखिएको असन्तुष्टि र विभाजनपछि दुई फरक राजनीतिक धारा सार्वजनिक भएका छन।

 

शनिबार जनकपुरमा सम्पन्न बैठकले डा.सञ्जयकुमार साहको अध्यक्षतामा जनस्वराज पार्टी गठन गरेको छ भने,  ६ जना नेताहरूले पार्टी छाडेर युथ फर नेशन नामक नयाँ अभियान सुरु गरेका छन।

 

जनस्वराज पार्टीका निर्माताहरुको दुई दिनसम्म चलेको बैठकले जनस्वराज पार्टी गठन गर्दै सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने निर्णय गरेको छ।

 

पार्टीमा अध्यक्ष नबनाई विभिन्न विभागमार्फत जिम्मेवारी बाँडिएको छ। राजनीतिक संगठन विभागको प्रमुहमा ईन्जिनियर दीपक साह,आर्थिक विभागको प्रमुखमा ईन्जिनियर सुरेन्द्रनारायण यादव,प्रशिक्षण विभाग को प्रमुखमा डा. सञ्जयकुमार साह रहेका छन । अन्य बिभागको पनि निर्माण चाँडै गरिने पार्टीले जनाएको छ ।


पूर्व उपाध्यक्ष ई. दीपक साह र पूर्व कोषाध्यक्ष यादवलाई जनमत पार्टीले कारबाही गर्दै पार्टीबाट निकालिएका ब्यक्ति हुन ।

IMG_20250920_203749-1024x654.jpg

 जनस्वराज पार्टीले “जनताले आफ्नै शासन आफैं गर्ने व्यवस्था”, इमानदार र सामूहिक नेतृत्व, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचारमुक्त शासन, स्थानीय स्वायत्तता र कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा नीति अघि सारेको छ।

 

युथ फर नेशन  युवा केन्द्रित अभियान

त्यसैगरी  जनमत पार्टी छाडेका ६ जना नेताहरूले युथ फर नेशन अभियान सुरु गरेका छन्। असोज २ गते साधारण सदस्यता समेत त्याग्दै पार्टी छाड्ने नेताहरूमा उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, युवा संघका संजय कुमार यादव, स्वास्थ्यकर्मी संघका संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बम छन।

 

डा. शरदसिंह यादवले अभियानको उद्देश्यबारे जेनजी आन्दोलनले दिएको सन्देश आत्मसात् गर्दै  युवाहरूलाई जोड्नेछौं। अहिले नयाँ दल खोल्ने योजना छैन, तर देशभर युवा केन्द्रित बहस सुरु गर्ने बताएका छन ।

 

यी नेताहरूले अध्यक्ष डा. सीके राउत र उनका दाजु जयकान्त राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा माग गरेका थिए। 


जनमत पार्टीभित्रको असन्तुष्टि र विभाजनले छोटो अवधिमा दुई फरक धार जन्माएको छ ।  एकातिर जनस्वराज पार्टी नयाँ राजनीतिक संगठनको रूपमा उदाएको छ।  

 

अर्कोतिर युथ फर नेशन युवा अभियानको रूपमा अघि बढेको छ। यसले मधेस–केन्द्रित राजनीतिमा नयाँ तरंग ल्याउने विश्लेषकहरूको भनाइ छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.