logo

छोटो अवधिीमै  जनमत पार्टी फुट्यो , जनस्वराज र युथ फर नेशन अभियान सुरु,मधेशको राजनीति तरंगीत

 इसीमाना सम्वाददाता     २०८२ असोज ५ गते ०४: ५४ मा प्रकाशित     637   पटक पढिएको

वीरगन्ज।जनमत पार्टीभित्र देखिएको असन्तुष्टि र विभाजनपछि दुई फरक राजनीतिक धारा सार्वजनिक भएका छन।

 

शनिबार जनकपुरमा सम्पन्न बैठकले डा.सञ्जयकुमार साहको अध्यक्षतामा जनस्वराज पार्टी गठन गरेको छ भने,  ६ जना नेताहरूले पार्टी छाडेर युथ फर नेशन नामक नयाँ अभियान सुरु गरेका छन।

 

जनस्वराज पार्टीका निर्माताहरुको दुई दिनसम्म चलेको बैठकले जनस्वराज पार्टी गठन गर्दै सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने निर्णय गरेको छ।

 

पार्टीमा अध्यक्ष नबनाई विभिन्न विभागमार्फत जिम्मेवारी बाँडिएको छ। राजनीतिक संगठन विभागको प्रमुहमा ईन्जिनियर दीपक साह,आर्थिक विभागको प्रमुखमा ईन्जिनियर सुरेन्द्रनारायण यादव,प्रशिक्षण विभाग को प्रमुखमा डा. सञ्जयकुमार साह रहेका छन । अन्य बिभागको पनि निर्माण चाँडै गरिने पार्टीले जनाएको छ ।


पूर्व उपाध्यक्ष ई. दीपक साह र पूर्व कोषाध्यक्ष यादवलाई जनमत पार्टीले कारबाही गर्दै पार्टीबाट निकालिएका ब्यक्ति हुन ।

IMG_20250920_203749-1024x654.jpg

 जनस्वराज पार्टीले “जनताले आफ्नै शासन आफैं गर्ने व्यवस्था”, इमानदार र सामूहिक नेतृत्व, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचारमुक्त शासन, स्थानीय स्वायत्तता र कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा नीति अघि सारेको छ।

 

युथ फर नेशन  युवा केन्द्रित अभियान

त्यसैगरी  जनमत पार्टी छाडेका ६ जना नेताहरूले युथ फर नेशन अभियान सुरु गरेका छन्। असोज २ गते साधारण सदस्यता समेत त्याग्दै पार्टी छाड्ने नेताहरूमा उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, युवा संघका संजय कुमार यादव, स्वास्थ्यकर्मी संघका संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बम छन।

 

डा. शरदसिंह यादवले अभियानको उद्देश्यबारे जेनजी आन्दोलनले दिएको सन्देश आत्मसात् गर्दै  युवाहरूलाई जोड्नेछौं। अहिले नयाँ दल खोल्ने योजना छैन, तर देशभर युवा केन्द्रित बहस सुरु गर्ने बताएका छन ।

 

यी नेताहरूले अध्यक्ष डा. सीके राउत र उनका दाजु जयकान्त राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा माग गरेका थिए। 


जनमत पार्टीभित्रको असन्तुष्टि र विभाजनले छोटो अवधिमा दुई फरक धार जन्माएको छ ।  एकातिर जनस्वराज पार्टी नयाँ राजनीतिक संगठनको रूपमा उदाएको छ।  

 

अर्कोतिर युथ फर नेशन युवा अभियानको रूपमा अघि बढेको छ। यसले मधेस–केन्द्रित राजनीतिमा नयाँ तरंग ल्याउने विश्लेषकहरूको भनाइ छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.