logo

सरकारद्वारा अनलाइन सञ्चारमाध्यममा दर्ता र नवीकरण शुल्क लागू

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक १४ गते ०३: १६ मा प्रकाशित     300   पटक पढिएको

वीरगन्ज । अनलाइन सञ्चारमाध्यमको व्यवस्थापन र नियमनलाई थप व्यवस्थित बनाउन सरकारले दर्ता तथा नवीकरण शुल्क अनिवार्य गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ।

 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘छापाखाना र प्रकाशनसम्बन्धी नियमावली’मा संशोधन गर्दै अनलाइन मिडियाहरूलाई अब कानुनी रूपमा सञ्चालन गर्न शुल्क तिर्नुपर्ने व्यवस्था गरेको हो।

 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संशोधित नियमावली पारित गरेपछि नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यो व्यवस्था कार्यान्वयनमा आएको मन्त्रालयले जनाएको छ। नयाँ प्रावधानले अनलाइन सञ्चारमाध्यमको सञ्चालन खर्चमा प्रत्यक्ष प्रभाव पार्ने अनुमान गरिएको छ।

 

संशोधित नियमावलीअनुसार नयाँ अनलाइन सञ्चारमाध्यम दर्ताका लागि अब ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। साथै, सञ्चारमाध्यमले प्रत्येक आर्थिक वर्षमा आफ्नो दर्ता २ हजार ५ सय रुपैयाँ शुल्कसहित नवीकरण गर्नुपर्नेछ।

 

नियमावलीको अर्को महत्त्वपूर्ण परिवर्तन नियमन निकायसँग सम्बन्धित छ। यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता हुँदै आएका पत्रपत्रिका तथा प्रकाशनहरूलाई अब सूचना तथा प्रसारण विभागमार्फत दर्ता र नियमन गरिने व्यवस्था गरिएको छ। यसले अनलाइनसहित सम्पूर्ण सञ्चारमाध्यमको दर्ता प्रक्रिया एकीकृत गर्ने सरकारी नीति प्रतिबिम्बित गर्छ।

 

सरकारको यो कदमले अनलाइन पत्रकारितालाई थप जिम्मेवार, पारदर्शी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। तर, सञ्चार क्षेत्रका सरोकारवालाहरूले यो व्यवस्थाले साना र स्वतन्त्र अनलाइन मिडियामाथि अतिरिक्त आर्थिक भार थप्ने चिन्ता व्यक्त गरेका छन्।यस अघि २०७७ चैत ३१ गते सर्वोच्च अदालतले अनलाईन पत्रिकाको नविकरण गर्न नपर्ने गरि आदेश गरेको थियो । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.