logo

नेकपाको कडा कदम,आधिकारिक उम्मेदवारविरुद्ध उभिएका स्थापित नेताहरु पार्टीबाट निष्कासित

 इसीमाना सम्वाददाता     २०८२ माघ १० गते ०५: ३८ मा प्रकाशित     57   पटक पढिएको

काठमाडौँ । आगामी निर्वाचनलाई लक्षित गर्दै आन्तरिक अनुशासन कडाइका साथ लागू गरिरहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी निर्णयको अवज्ञा गर्ने सात जना नेता तथा कार्यकर्तालाई निष्कासन गरेको छ।

 

पाटी{ले सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई तथा सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहलाई निकालेको हो । 

 

पार्टी स्रोतका अनुसार, आधिकारिक उम्मेदवारको निर्णयलाई चुनौती दिँदै स्वतन्त्र वा वैकल्पिक उम्मेदवारी दर्ता गराउने, त्यस्ता उम्मेदवारलाई प्रस्ताव वा समर्थन गर्ने तथा प्रचारमा संलग्न हुने गतिविधि बढ्दै गएपछि नेतृत्व तह गम्भीर बनेको हो।

 

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा पार्टी नीति, निर्देशन र अनुशासनको उल्लङ्घन गर्ने जो–कोहीमाथि कडा कारबाही हुने स्पष्ट सन्देश दिइएको छ।

 

 विज्ञप्तिमा भनिएको छ, “पार्टीको आधिकारिक निर्णयविरुद्ध गरिने कुनै पनि गतिविधि संगठनात्मक एकतालाई कमजोर बनाउने भएकाले यस्तो कदम चाल्न बाध्य हुनुपरेको हो।”

 

उनीहरू सबैले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भूमिका खेलेको निष्कर्ष पार्टीले निकालेको बताइएको छ।

 

राजनीतिक विश्लेषकहरूका अनुसार यो निर्णय केवल अनुशासनात्मक कारबाही मात्र नभई, निर्वाचनको मुखमा पार्टीभित्र देखा परेका असन्तुष्टि र गुटगत गतिविधिलाई नियन्त्रण गर्ने रणनीतिक सन्देश पनि हो।

 

आगामी दिनमा यस्ता कारबाही अझ विस्तार हुन सक्ने संकेत नेकपा नेतृत्वले दिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रौतहट । रौतहटको राजदेवी नगरपालिका–१ स्थित पथरा स्कुल नजिक गौर–पिपरा भित्री सडक खण्डमा दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।

निर्वाचन सुरक्षाका लागि पर्सामा इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको आग्रह

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै इजाजत प्राप्त हातहतियार समयमै बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.