logo

कार्यवाहक नगरप्रमुख आलम आफैँ बजार अनुगमनमा, सरसफाइ विवाद  समाधान, सफाई कर्मचारी कामम पर्किए

 इसीमाना सम्वाददाता     २०८३ असार १४ गते ०९: २९ मा प्रकाशित     53   पटक पढिएको

बीरगंज । वीरगज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले महानगरका विभिन्न बजार क्षेत्रको स्थलगत अनुगमन गरेका छन।  प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहरा वडाध्यक्षहरु जगत साह कानु, हिराकाजी मर्हजन सहितको टोली अनुगमनमा सहभागी रहेको थियो।

 


टोलीले बजार क्षेत्रको सरसफाइ, फोहोर व्यवस्थापन, सडक अतिक्रमण तथा समग्र बजार व्यवस्थापनको अवस्थाको निरीक्षण गर्दै सम्बन्धित पक्षलाई आवश्यक निर्देशन दिएको छ।

 

 कार्यवाहक नगरप्रमुख आलमले नगरलाई स्वच्छ, व्यवस्थित र नागरिकमैत्री बनाउने कार्यलाई प्राथमिकतामा राखेर महानगरपालिका सक्रिय रूपमा अघि बढिरहेको बताए ।

 


यसैबीच, वीरगञ्ज महानगरपालिकामा आज   देखिएको सरसफाइ कर्मचारी र ठेकेदार कम्पनीबीचको विवाद पनि समाधान भएको छ।

 

 सरसफाइ व्यवस्थापनको जिम्मा लिएको ठेकेदार कम्पनीका प्रतिनिधि शिव गुप्ताका अनुसार कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको पहलमा कर्मचारी प्रतिनिधिसँग भएको छलफल सकारात्मक रूपमा टुंगिएको हो।


उनका  अनुसार कर्मचारीका मागलाई सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन फिर्ता लिइएको छ र सरसफाइ कर्मचारीहरू पुनः नियमित रूपमा काममा फर्किन लागेका छन्।

 

कर्मचारी र कम्पनीबीच आपसी समझदारी कायम भएकाले अब वीरगञ्ज महानगरपालिकाको सरसफाइ सेवा नियमित रूपमा सञ्चालन हुने विश्वास पनि उनले ब्यक्त गरे । 

 


आज सरसफाइ कर्मचारीको आन्दोलनका कारण प्रभावित बनेको महानगरको फोहोर व्यवस्थापन सेवा अब पुनः नियमित हुने अपेक्षा गरिएको छ।

 

कार्यवाहक नगरप्रमुख आलमले बजार अनुगमनसँगै सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउन निरन्तर पहल गरिरहेको महानगरपालिकाले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.