logo

कार्यवाहक नगरप्रमुख आलम आफैँ बजार अनुगमनमा, सरसफाइ विवाद  समाधान, सफाई कर्मचारी कामम पर्किए

 इसीमाना सम्वाददाता     २०८३ असार १४ गते ०९: २९ मा प्रकाशित     426   पटक पढिएको

बीरगंज । वीरगज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले महानगरका विभिन्न बजार क्षेत्रको स्थलगत अनुगमन गरेका छन।  प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहरा वडाध्यक्षहरु जगत साह कानु, हिराकाजी मर्हजन सहितको टोली अनुगमनमा सहभागी रहेको थियो।

 


टोलीले बजार क्षेत्रको सरसफाइ, फोहोर व्यवस्थापन, सडक अतिक्रमण तथा समग्र बजार व्यवस्थापनको अवस्थाको निरीक्षण गर्दै सम्बन्धित पक्षलाई आवश्यक निर्देशन दिएको छ।

 

 कार्यवाहक नगरप्रमुख आलमले नगरलाई स्वच्छ, व्यवस्थित र नागरिकमैत्री बनाउने कार्यलाई प्राथमिकतामा राखेर महानगरपालिका सक्रिय रूपमा अघि बढिरहेको बताए ।

 


यसैबीच, वीरगञ्ज महानगरपालिकामा आज   देखिएको सरसफाइ कर्मचारी र ठेकेदार कम्पनीबीचको विवाद पनि समाधान भएको छ।

 

 सरसफाइ व्यवस्थापनको जिम्मा लिएको ठेकेदार कम्पनीका प्रतिनिधि शिव गुप्ताका अनुसार कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको पहलमा कर्मचारी प्रतिनिधिसँग भएको छलफल सकारात्मक रूपमा टुंगिएको हो।


उनका  अनुसार कर्मचारीका मागलाई सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन फिर्ता लिइएको छ र सरसफाइ कर्मचारीहरू पुनः नियमित रूपमा काममा फर्किन लागेका छन्।

 

कर्मचारी र कम्पनीबीच आपसी समझदारी कायम भएकाले अब वीरगञ्ज महानगरपालिकाको सरसफाइ सेवा नियमित रूपमा सञ्चालन हुने विश्वास पनि उनले ब्यक्त गरे । 

 


आज सरसफाइ कर्मचारीको आन्दोलनका कारण प्रभावित बनेको महानगरको फोहोर व्यवस्थापन सेवा अब पुनः नियमित हुने अपेक्षा गरिएको छ।

 

कार्यवाहक नगरप्रमुख आलमले बजार अनुगमनसँगै सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउन निरन्तर पहल गरिरहेको महानगरपालिकाले जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.