logo

बिद्धुत आपूर्ती मिलाउन सांसद पन्तले दिए निर्देशन

 इसीमाना सम्बाददाता     २०८३ सावन १ गते ०७: ०० मा प्रकाशित     224   पटक पढिएको

वीरंज। बीरगंज महानगरमा विद्युत आपूर्ति तत्काल सहज गर्न रास्वपा पर्सा सभापति एबम सांसद हरि पन्तले निर्देशन दिएका छन ।

 

 बीरगंजमा बिगत तीन दिन देखी विद्युत आपूर्ति अनियमित हुँदा  स्थानीयहरुको जनजीवन कष्टकर भएको थियोे ।

 

 विद्युत आपूर्ति असहजता थाहा पाए संगै काठमाडौमा रहेका सांसद पन्त विद्युत प्राधिकरण र खानेपनीको आपूर्तिको लागि बीरगंज महानगरसंग निरन्तर टेलिफोन सम्पर्क रहेर समन्वय गरि रहेका थिए ।

 

यसैबीच हिजो राती बीरगंज आइपुगेका पन्तले आज जिल्ला प्रशासन कार्यलय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहाल समेत लाई राखी नेपाल विद्युत प्राधिकरण पर्साका प्रमुख बिजय महतोसंग विद्युतमा भएको असहज्ताको बिषयमा गम्भीर चासो राख्दै यसको तत्कालै समाधान गर्न र आइन्दा यस्तो समस्या आउन नदिन निर्देशन दिदै समस्याको कारण बारे पनि गम्भीर जिज्ञासा राखेका थिए ।

 

सांसद पन्तको जिज्ञासाको जबाफ दिने क्रममा नेपाल विद्युत प्राधिकरणका प्रमुक बिजय महतोले हाल अन्डरग्राउण्ड रहेको विद्युत लाइन , पर्सौनी ग्रीडबाट ३३ केभिए लाइन छपकैया सबस्टेशनमा लान लाग्दा गत माघ महिनामै अमर( बोखार) चौक आसपासका केही स्थानीयले तत्कालिन अबस्थामा अबरोध गरेकाले अहिले यो समस्या आएको बताए ।

 

 

 तर हिजो अबरोध हटाएर त्यहाँ तार तान्ने काम भएको र अब केही बाकी रहेकोले ९ बजे सम्म विद्युत पुर्ण सुचारु हुने बताएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.