कलैया ।अभद्र ब्यवहार गरेको आरोपमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ परेका छन् ।
३७ वर्षीय वडाध्यक्ष कुशवाहालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।बैउनी बिरुद्ध बारा जिल्ला अदालतबाट गत बैशाख १७ गते पक्राउ पूर्जी जारी भएको थियो । त्यही पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुमन लामाको नेतृत्वमा खटिएको विशेष टोलीले कुशवाहालाई कलैया उपमहानगरपालिका–२३ बैराठपुरस्थित उनकै निजी निवासबाट पक्राउ गरेको हो ।
पक्राउ परेका वडाध्यक्ष कुशवाहामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बारा प्रहरीका प्रवक्ता डिएसपी मिन बहादुर घलेले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया