logo

ठोरी कांग्रेस सभापतिको रास्वपा प्रवेशले रमेश रिजालको चुनावी जोडघटाउमा प्रभाव पार्ने

 इसीमाना सम्वाददाता     २०८२ माघ १९ गते ०३: २७ मा प्रकाशित     353   पटक पढिएको

ठोरी । नेपाली कांग्रेस ठोरी गाउँ कार्यसमितिका निर्वाचित सभापति सन्तोष श्रेष्ठले नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन । उनको यो निर्णय संगै पर्सा क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालको चुनावी जोडघटाउमा प्रभाव पर्ने देखिएको छ।

 

सोमबार रास्वपाले ठोरी गाउँपालिकाको विजयवस्तीमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठ औपचारिक रूपमा रास्वपा प्रवेश गरेका हुन्।

 

लामो समयदेखि सामाजिक अभियन्ताका रूपमा परिचित तथा स्थानीय स्तरमा संगठन विस्तारमा सक्रिय श्रेष्ठको पार्टी परिवर्तनलाई ठोरी क्षेत्रमा राजनीतिक रूपमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

 

स्थानीय नेताहरूका अनुसार कांग्रेसको गाउँ तहको नेतृत्व सम्हालेका व्यक्तिको पार्टी परित्यागले ठोरी क्षेत्रमा कांग्रेस संगठनमा असर परेको छ। यसले कांग्रेसका उम्मेदवार रमेश रिजाललाई सो क्षेत्रबाट प्राप्त हुने मतमा केही ह्रास आउन सक्ने आँकलन गरिएको छ।

 

पार्टी प्रवेश कार्यक्रममै बोल्दै श्रेष्ठले नेपाली कांग्रेसले समयअनुसार परिवर्तन आत्मसात गर्न नसकेको भन्दै रास्वपामा आवद्ध भएको बताएका थिए। सोही कार्यक्रममा दर्जनौं कांग्रेस कार्यकर्ताले पनि रास्वपा प्रवेश गरेको जानकारी रास्वपा पर्सा क्षेत्र नं. ४ का उम्मेदवार टेकबहादुर शाक्यले दिएका छन्।

 

स्थानीय राजनीतिक जानकारहरूका अनुसार सन्तोष श्रेष्ठको रास्वपा प्रवेशले ठोरी क्षेत्रमा मत विभाजनको अवस्था सिर्जना हुन सक्ने देखिएको छ ।

 

 जसको प्रत्यक्ष असर कांग्रेस उम्मेदवार रमेश रिजालको चुनावी परिणाममा पर्न सक्ने अनुमान गरिएको छ। यद्यपि, समग्र नतिजा उम्मेदवारहरूको व्यक्तिगत प्रभाव, संगठनात्मक सक्रियता र मतदाताको अन्तिम निर्णयमा निर्भर रहने बताइएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.