वीरगंज । नेपाल बार एशोसिएशन पर्सा इकाईको ५२ औं साधारण सभा शनिवार वीरगंजको बार सभाहलमा सम्पन्न भएको छ ।

साधारण सभाको उद्धघाटन पर्सा जिल्लाका न्यायधीश महेन्द्र प्रसाद पोख्रेलले गरेका थिए । सभालाई सम्बोधन गर्दै पोख्रेलले न्यायपालिका न्याय सम्पादनको क्षेत्रमा सम्बेदनशिल रहेको बताए ।
उनले न्यायका उपभोक्ताहरुलाई सुलभ न्याय प्राप्तिको वतावरण बनाउन बार र बेन्चले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा जोड दिए ।

न्यायधीश पोख्रेलले अदालतमा लामो अवधीको मुद्धा सक्नु पर्नेमा सर्वोच्च अदालतले गम्भिर रुपमा चासो लिएको बताए ।
कार्यक्रममा प्रशासनीक अदालतका सदस्य नवल प्रसाद यादवले न्याय सम्पादनको क्षेत्रमा क्रियाशिल सबैले अध्ययनमा बिशेष जोड दिनु पर्ने बताए ।

पर्सा वारका पूर्व सदस्य समेत रहेका यादवलाई साधारण सभामा सम्मान गरिएको थियो ।
कार्यक्रममा उच्च अदालत बारका पूर्व अध्यक्ष प्रमोद प्रसाद, शालीकराम प्रसाद,बरिष्ठ अधिवक्ता दीपक राजभण्डारी पर्सा बारका अध्यक्ष पन्नालाल गुप्ता, राजनाथ ठाकुर लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सभाको बन्द सत्रमा सचिव प्रतिमा चौरसिया र कोषाध्यक्ष अभय दासले प्रस्तुत गरेको क्रमश सांगठानीक तथा आर्थिक प्रतिवेदन सभाले आवश्यक सुझाव सहित सर्वसम्मत रुपमा पारित गरेको थियो ।
तपाईको प्रतिक्रिया