logo

रास्वपा पर्सा–१ का उम्मेदवार हरि पन्तद्वारा सहिद दिलिप चौरसियाको परिवारसँग भेट

 इसीमाना सम्वाददाता     २०८२ माघ २० गते ०९: १७ मा प्रकाशित     543   पटक पढिएको

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीको पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तले मधेस आन्दोलनका सहिद दिलिप चौरसियाको परिवारसँग भेटघाट गरेका छन्।

 

जगरनाथपुरमा आयोजित घरदैलो कार्यक्रमका क्रममा उनले सहिद चौरसियाकी आमा रामज्योती देवी र दाजु पृथ्वी नारायण चौरसियासहित परिवारका सदस्यहरूसँग प्रत्यक्ष संवाद गरेका हुन्।

 

भेटका क्रममा सहिद परिवारले मधेस आन्दोलनको नाममा केही मधेसवादी नेताहरूले आफ्नो राजनीतिक स्वार्थ पूरा गरेको, आन्दोलनमा गोली चलाउने शक्तिसँग मिलेर मधेसी समुदायको अपमान गरिएकोप्रति गहिरो दुःख व्यक्त गरे। 

 

सो अवसरमा रास्वपाका उम्मेदवार तथा पर्सा जिल्ला सभापति हरि पन्तले मधेस आन्दोलनका सहिदहरूलाई पनि जनआन्दोलनका सहिदसरह सम्मान दिलाउन राज्यलाई निरन्तर दबाब दिने बताएका थिए।

 

यसै दिन जगरनाथपुरमा सम्पन्न हरि पन्तको घरदैलो कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको थियो। वीरगञ्ज महानगरपालिका–२२, जगरनाथपुरमा आयोजित स्वागत तथा घरदैलो कार्यक्रममा ठूलो संख्यामा नागरिक उपस्थित भई कार्यक्रमलाई सफल बनाएका थिए।

 

मंगलबार सम्पन्न कार्यक्रमको सुरुवात श्रीराम–जानकी मन्दिरमा पूजा–अर्चनाबाट गरिएको थियो। त्यसपछि जगरनाथपुर चौकबाट सुरु भएको घरदैलो कार्यक्रम वडाका विभिन्न टोलहरूमा सञ्चालन गरिएको थियो।

 

घरदैलोका क्रममा उम्मेदवार पन्तले स्थानीय नागरिकसँग प्रत्यक्ष भेट गर्दै रास्वपाको नीति, उद्देश्य र भावी योजनाबारे जानकारी गराएका थिए।

 

स्थानीयले शिक्षा, रोजगारी, खानेपानी, सरसफाइ, सडक, स्वास्थ्य सेवा र सुशासनसम्बन्धी समस्या तथा सुझावहरू राखेका थिए। पन्तले ती सबै विषयलाई गम्भीरतापूर्वक नोट गर्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए।

 


निर्वाचन परिचालन समिति वीरगञ्ज–२२, जगरनाथपुरका संयोजक युवराज पटेलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्थानीयवासी, पार्टी कार्यकर्ता र शुभेच्छुकहरूलाई धन्यवाद व्यक्त गरेका छन्।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.