logo

ज्ञानवाटिका माविमा स्व. घिमिरे स्मृति अक्षयकोष, पूर्व विद्यार्थीको योगदान

 इसीमाना सम्बाददाता     २०८२ माघ १५ गते ०९: १९ मा प्रकाशित     242   पटक पढिएको

ठोरी ।  साविक सुवर्णपुरका पूर्व प्रधानपञ्च स्वर्गीय भरत कुमार घिमिरेको स्मृतिमा ठोरी गाउँपालिका–५, सुवर्णपुरस्थित ज्ञानवाटिका माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ।

 विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्षसमेत रहेका स्व. घिमिरेले विद्यालयको विकासमा पुर्‍याएको  योगदानको कदरस्वरूप सोही विद्यालयका पूर्व विद्यार्थी तथा हाल शंकरदेव क्याम्पस, काठमाडौंमा उप–प्राध्यापकका रूपमा कार्यरत डा. पितृराज अधिकारीले बुधबार ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउनुभएको हो।

 

अक्षयकोष स्थापना पश्चात आवश्यक कार्यविधि निर्माण गरी कोषबाट प्राप्त हुने ब्याज रकम विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित कार्यक्रम सञ्चालनमा खर्च गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर नेवारले जानकारी दिए ।

 

डा. अधिकारीले स्व. घिमिरेकै पहलमा माध्यमिक तहको पठनपाठन सुरु भएको र त्यसकै कारण आफूहरूलाई उच्च शिक्षा हासिल गर्ने अवसर मिलेको स्मरण गरे ।

 

 घिमिरेकै ज्येष्ठ सुपुत्रीको संरक्षकत्वमा रहने गरी अक्षयकोष स्थापना भएको हो ।डा. अधिकारीले वि.सं. २०४९ सालमा सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका हुन।

 

स्व. घिमिरेले वि.सं. २०४३ देखि २०४९ सम्म दुई कार्यकाल तथा २०६५ देखि २०६८ सम्म एक कार्यकाल गरी कुल तीन कार्यकाल विद्यालय व्यवस्थापन समिति अध्यक्षको रूपमा नेतृत्व गरेका थिए।

 

यसैबीच, बुधबार नै ज्ञानवाटिका माविको पहिलो एसएलसी ब्याचका विद्यार्थीहरूले विद्यालयको प्रत्यक्ष अवलोकन गर्दै विद्यालय सहयोग अभियान सुरु गर्ने घोषणा गरेका छन्।

 

 वि.सं. २०४७ सालमा पहिलो पटक एसएलसी परीक्षामा सहभागी विद्यार्थीहरूले विगतका सम्झनाहरू ताजा गर्दै विद्यालयको समग्र विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

 

सो ब्याचको तर्फबाट हाल राष्ट्रिय मानव अधिकार आयोगका उप–सचिव लोकनाथ बास्तोलाले विद्यालयलाई सहयोग गर्ने अभियानको औपचारिक सुरुवात गर्ने घोषणा गरे।

 

 पहिलो एसएलसीमा सहभागी १३ जनामध्ये १२ जनाको उपस्थितिमा विद्यालय सहयोगको प्रारम्भ गरिने जानकारी दिइएको थियो।

 

कार्यक्रमका अवसरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर नेवार, विव्यस सदस्य विमल खड्का, प्रधानाध्यापक बिर्जु प्रसाद चौधरी लगायतले विद्यालयको ऐतिहासिक पहिलो ब्याचका विद्यार्थीलाई स्वागत गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.