logo

पकाहा मैनपुरका रास्वपाका कार्यकर्ताले रोजे कांग्रेस ,छोडे पार्टी,शक्ति सन्तुलनमा तंरग ल्याउने

 इसीमाना सम्वाददाता     २०८२ फागुन ५ गते ०९: ०७ मा प्रकाशित     311   पटक पढिएको

वीरगंज ।  पर्सा निर्वाचन क्षेत्र नं–३ अन्तर्गत पकहामैनपुर गाउँपालिका–१, धोरेंका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आवद्ध नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

 

अभिजित मेहताको नेतृत्वमा शनि राम, मुकेश मेहता, मुकेश राम, राहुल कुमार राउत, विश्वजित मेहता, गोविन्द दास, रंजन राउत, शैलेश साह, हनुमान साह, सुबोध सहनी, अवधेश मेहता, उपेन्द्र मेहता, सन्दीप सहनी, कन्हैया रामलगायतका कार्यकर्ता कांग्रेसमा आवद्ध भएका हुन्।

 

नवप्रवेशीहरूलाई  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीले गम्छा र टीका लगाएर स्वागत गरेका थिए। कार्यक्रममा उनले “लोकतान्त्रिक मूल्य, समावेशी विकास र संगठन सुदृढीकरण” का लागि एकताबद्ध हुन आह्वान गरे।

 

यस घटनालाई स्थानीय राजनीतिक वृत्तमा चुनावी गतिविधि तीव्र भइरहेका बेला कांग्रेसको संगठन विस्तार अभियानसँग जोडेर हेरिएको छ।

 

परित्याग गर्ने समूह यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी सँग सक्रिय थियो भने उनीहरूले अब नेपाली कांग्रेस लाई रोजेका छन्।

 

पर्सा–३ मा अभिजित मेहता नेतृत्वको समूहको कांग्रेस प्रवेश संख्यात्मकभन्दा बढी मनोवैज्ञानिक र संगठनात्मक प्रभाव राख्ने घटनाका रूपमा देखिन्छ।

 

 निर्वाचन नजिकिँदै जाँदा यस्ता सामूहिक प्रवेश–परित्यागले स्थानीय शक्ति–सन्तुलनमा तरंग ल्याउने सम्भावना उच्च छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.