logo

पत्रकार चौहान नेपाली कांग्रेसको प्रचार बिभागमा मनोनीत

 इसीमाना सम्वाददाता     २०८२ फागुन ५ गते १२: ५६ मा प्रकाशित     299   पटक पढिएको

नेपाली कांग्रेस ले वरिष्ठ पत्रकार दीपेन्द्र चौहान लाई केन्द्रीय निर्वाचन प्रचार–प्रसार समितिको सदस्यमा मनोनयन गरेको छ।

 

 पार्टीको ललितपुरस्थित केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनबाट माघ २९ गते जारी गरिएको नियुक्तिपत्रमार्फत उक्त निर्णय सार्वजनिक गरिएको हो।

 

आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवारहरूको पक्षमा जनमत सुदृढ बनाउन तथा समानुपातिक मत बढाउन प्रचार अभियानलाई थप प्रभावकारी, व्यवस्थित र समन्वयात्मक बनाउने उद्देश्यले चौहानलाई जिम्मेवारी प्रदान गरिएको जनाइएको छ।

 

पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका चौहानको अनुभव, सञ्चारमाध्यमसँगको सशक्त सम्बन्ध र रणनीतिक सञ्चार क्षमताले पार्टीको चुनावी अभियानलाई थप परिणाममुखी बनाउन सहयोग पुग्ने विश्वास कांग्रेसले व्यक्त गरेको छ।

 

पार्टीका प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसे द्वारा हस्ताक्षरित नियुक्तिपत्र बुझेपछि चौहानले आफूलाई दिइएको जिम्मेवारी इमान्दारी, सक्रियता र प्रतिबद्धताका साथ निर्वाह गर्ने बताएका छन्।

 

 उनले पार्टीको चुनावी सन्देश जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउन सञ्चार रणनीतिलाई प्राथमिकतामा राख्ने उल्लेख गरेका छन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.