logo

वडा–७ मा कांग्रेसको घरदैलो, उम्मेदवार रुङटाको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र रोजगारी सिर्जना मुख्य ए्जेण्डा

 इसीमाना सम्वाददाता     २०८२ फागुन ८ गते ०३: ४० मा प्रकाशित     252   पटक पढिएको

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर–७ मा नेपाली कांग्रेसले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङटाको नेतृत्वमा आयोजित कार्यक्रममा स्थानीयवासीहरूको  सहभागिता रहेको थियो।

 

 

शुक्रबार बिहानदेखि  भएको घरदैलो अभियानका क्रममा उम्मेदवार रुङटा टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। कार्यक्रममा अग्रज नागरिक, महिला तथा युवाहरूको  उपस्थिति रहेको थियो। स्थानीयले फुलमाला, टीका तथा मिठाईसहित स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए।

 

 

उम्मेदवार रुङटाले जनताबाट प्राप्त आत्मीयता र आशीर्वादप्रति कृतज्ञता व्यक्त गर्दै आगामी निर्वाचनमा कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न आग्रह गरे। उनले समान सहभागिता, समावेशी विकास र अवसरको सुनिश्चिततालाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र रोजगारी सिर्जनालाई आफ्नो मुख्य एजेन्डा बनाएको स्पष्ट पारे।

 

 

“वडा–७ मात्र होइन, सम्पूर्ण क्षेत्र नम्बर–१ को समग्र विकासका लागि स्पष्ट योजना र प्रतिबद्धतासहित अघि बढिरहेको छु,” उनले भने, “जनताको सुझाव र साथलाई सधैं सम्मान गर्दै काम गर्नेछु।”

 

घरदैलो कार्यक्रममा सहभागी स्थानीयहरूले विकास र स्थायित्वका पक्षमा मतदान गर्ने प्रतिबद्धता जनाएका थिए। कांग्रेसले वडा–७ मा देखिएको उत्साहलाई सकारात्मक संकेतका रूपमा लिँदै आगामी दिनमा अभियानलाई अझ तीव्र बनाउने जनाएको छ।

 

कार्यक्रम वडा नम्बर ७ का बुथ सभापति सुरेश कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.