logo

जिल्ला प्रशासन कार्यालय धनुषा द्वारा २० हजार अवैध प्रचार सामग्री हटाइयो

 इसीमाना सम्वाददाता     २०८२ फागुन ९ गते ११: ४२ मा प्रकाशित     427   पटक पढिएको

धनुषा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि धनुषा प्रशासनले करिब २० हजार प्रचार सामग्री हटाएको छ।

 

 

प्रशासनले जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवार र राजनीतिक दलले जथाभावी टाँसेका पर्चा, पम्पलेट, पोस्टर तथा ब्यानर हटाएको जनाएको छ।

 

सार्वजनिक स्थल, विद्युत्का पोल, सरकारी भवन, सडक किनार तथा चोक–चौराहामा आचारसंहिताविपरीत राखिएका सामग्रीलाई प्राथमिकताका साथ हटाइएको प्रशासनको भनाइ छ।

 

यसअघि प्रशासनले बिहीबार उम्मेदवार तथा दलहरूलाई एक दिनको समय दिँदै नियमविपरीतका प्रचार सामग्री आफैँ हटाउन निर्देशन दिएको थियो।

 

तोकिएको समयसीमाभित्र आवश्यक कदम नचालिएपछि शुक्रबार प्रशासन आफैँले अनुगमन टोली परिचालन गरी ती सामग्री हटाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए।

 

उनका  अनुसार अव्यवस्थित प्रचार सामग्रीले सहरको सौन्दर्यमा नकारात्मक असर पारेको र निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको पाइएकाले कारबाहीस्वरूप हटाइएको हो। अब पुनः यस्ता गतिविधि दोहोरिए कानुनी प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ।

 

प्रमुख जिल्ला अधिकारी लुइँटेलले स्वच्छ, मर्यादित र व्यवस्थित चुनावी वातावरण निर्माणका लागि सबै राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेका छन।

 

“नियमविपरीत टाँसिएका सामग्री तत्काल हटाइने छ । अटेर गरेमा सम्बन्धित उम्मेदवार वा दललाई आवश्यक कानुनी कारबाही गरिनेछ,” उनले भने, “निर्वाचनलाई निष्पक्ष र व्यवस्थित बनाउन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गरिनेछ।”

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.