logo

नेपाल कम्युनिष्ट पार्टीको ७७ औ स्थापना दिवसको अवसरमा पर्सा एमालेद्वारा कार्यक्रमको अयोजना

 इसीमाना सम्वाददाता     २०८३ बैशाख ९ गते ०४: ४८ मा प्रकाशित     304   पटक पढिएको

वीरगञ्ज । नेकपा एमाले पर्साले नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७७ औं वार्षिकोत्सवको अवसरमा पार्टी कार्यालय मनमोहननगर रामगढवामा बिशेष कार्यक्रम सम्पन्न गरेको छ । 


कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य प्रभू हजराले एमालेलाई ठेस लागेको चर्चा गर्दै पार्टी सम्हालिएर अगाडि बढने बताए ।

 

उनले पछिल्लो समय देखिएका चुनौती, अन्तरविरोध र संगठनात्मक कमजोरीलाई स्वीकार गर्दै  त्यसको समिक्षा गरेर अगाडि बढन आवश्यक भएको चर्चा गरे ।

 

कार्यmक्रममा अर्का केन्द्रीय सदस्य एवं वीरगंज महानगरपालिकाका पूर्व प्रमुख बिजय कुमार सरावगीले पार्टीलाई जनताको समस्याको वीचबाट स्थापित गर्ने गरि लाग्नु पर्ने बताए । उनले जनताबाट अलग थलग भएर कम्युनिष्ट पार्टीले जनसमस्याहरुको हल गर्न नसक्ने बताए । 

 


कार्यmक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक के.सी.लामिछानेले  कम्युनिष्ट आन्दोलनको इतिहास, वर्तमान राजनीतिक परिस्थिति, पार्टी सुदृढीकरण अभियान, संगठन विस्तार तथा आगामी दिनमा एमालेले अपनाउनुपर्ने कार्यशैलीका बारेमा प्रकाश पारेका थिए । 

 

 नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले कुनै एउटा चुनाव वा एकपटकको हारले नेकपा एमालेजस्तो ऐतिहासिक र जनआधारित पार्टी समाप्त नहुने बताएका छन् ।  बन्जाराले पार्टीलाई समयअनुसार अघि बढाउन पुस्तान्तरण, नेतृत्व हस्तान्तरण तथा संगठनात्मक रुपान्तरण अपरिहार्य रहेको बताए ।

उनले केही सीमित नेताहरूले पार्टीलाई निजी कम्पनीजस्तै सञ्चालन गर्ने प्रवृत्तिका कारण संगठन कमजोर बन्दै गएको आरोप लगाए ।

 

“पार्टी कुनै व्यक्तिको प्राइभेट लिमिटेड कम्पनी होइन, यो लाखौँ कार्यकर्ताको त्याग, संघर्ष र बलिदानबाट बनेको संगठन हो,” उनले भने, “यदि अझै पनि नेतृत्व तह समयअनुसार परिवर्तन हुन तयार भएन भने पार्टीलाई थप क्षति पुग्न सक्छ ।”


पार्टीका जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माको अध्यक्षता भएको कार्यक्रमको संचालन मनोज कुशवाहाले गरेका थिए । 

 


कार्यक्रममा मधेश प्रदेश कमिटीका उपाध्यक्ष बिचारी यादव  तथा सदस्यहरू,  एमाले नेता जालिम मिया, एमाले नगर कमिटीका कार्यवाहक अध्यक्ष लियाकत अली , पोखरीया नगरपालिकाका प्रमुख प्रधुमन चौहान,  जिल्ला कमिटीका नेता, जनवर्गीय संगठनका प्रतिनिधि, स्थानीय अगुवा तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.