वीरगंज । राष्ट्रीय स्वतन्त्र पार्टीले बाराका जिल्ला सभापति चन्दन सर्राफलाई निलम्बन गरेको छ ।
पार्टीको केन्द्रीय अनुशासन आयोगले उनी बिरुद्ध थप अनुसन्धान गर्नु पर्ने भएकोले पार्टीको जिम्मेवारीमा बसेर काम गर्न नमिल्ने भन्दै निलम्बन गरेको हो ।
उनलाई जिल्ला सभापतिको हैसीयतमा कुनै पनि काम नगर्न समेत निर्देश गरेको छ ।
केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रामाकन्त रिमालले जारी गरेको बिज्ञप्तिका अनुसार उनलाई पार्टी सभापतिको रुपमा काम नगर्न भन्दै अन्तरकालीन आदेश जारी गरेको छ ।
तपाईको प्रतिक्रिया