logo

जसपा र कांग्रेसकै आन्तरिक समस्याका कारण बिश्वासको मत लिन डरायो यादव सरकार, अर्को मिति जेठ ८ गते तोक्न पत्राचार

 इसीमाना सम्वाददाता     २०८३ जेठ १ गते ०४: २४ मा प्रकाशित     1080   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णयादवले जेठ ८ गते मात्र बिश्वासको मत लिने गरि ब्यवस्थापनकोलागि मधेश प्रदेशका सभामुखलाई पत्र लेखेका छन । 

 


जेठ १ गते आजकालागि बिश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्री यादवले आफनै पार्टी भित्र अनुकुल अवस्था नभएपछि बिश्वासको मत लिने वतावरण नवने पछि उनले मुख्यमन्त्रीलाई पत्र लेखेका हुन  ।

 

जनता समाजवादी पार्टी नेपालले  पनि सरकारलाई समर्थन दिनेबारे ठोस निर्णय लिन नसकेपछि र सत्तारुढ दलभित्रै आन्तरिक समीकरणमा फेरबदल आउन सक्ने जोखिम देखिएपछि  मुख्यमन्त्रीलाई बिश्वासको मत लिने अवधी लम्ब्याउने मौका मिलेको हो ।


यसअघि वैशाख २१ गते जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार आजै विश्वासको मत लिने तयारी गरिएको थियो ।

 

विश्वासको मत सर्नुमा जसपा नेपालभित्रको आन्तरिक विवाद र नेपाली कांग्रेसभित्रको असन्तुष्टि मुख्य कारण देखिएको छ। जसपा नेपालका सांसदहरूबीच विश्वासको मत दिने वा नदिने भन्नेमा तीव्र मतभेद देखिएको छ भने कांग्रेसकै केही नेताहरूले फ्लोर क्रस गर्न सक्ने सूचना बाहिरिएपछि मुख्यमन्त्री यादव सतर्क भएका हुन। 

 

उता, सरकारबाट समर्थन फिर्ता लिएको जनमत पार्टीले आफ्ना सांसदहरूलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ। यद्यपि, सोही पार्टीका दुई मन्त्रीहरू अझै सरकारमै बहाल रहनुले मधेस प्रदेशको राजनीति थप पेचिलो बनेको छ ।

 

सत्ता समीकरण जोगाउन र बहुमत सुनिश्चित गर्न मुख्यमन्त्रीले थप समय लिएसँगै अबको केही दिन मधेस प्रदेशमा राजनीतिक दलहरूबीचको रस्साकस्सी अझै बढ्ने देखिएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.