logo

आजको युवापुस्ता जिम्मेवार र जवाफदेही हुनुपर्छः उपकुलपती प्रा.डा.शाक्य

 इसीमाना सम्वाददाता     २०८३ सावन २७ गते ०९: २४ मा प्रकाशित     185   पटक पढिएको

वीरगंज । मधेश बिश्वबिद्यालयका उपकुलपती प्राध्यापक डा. दीपक शाक्यले आजको युवा पुस्ता जिम्मेवार जवाफदेही हुनु पर्ने बताएका छन । 


अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा  बीपीसी कलेजको सभा हलमा मधेश जागरण अभियानद्वारा आयोजीत   युवा अभियन्ता एवं पत्रकार सम्मान तथा अन्तरक्रिया कार्यक्रम कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन । 

 


डा. शाक्यले युवा भन्ने बित्तिकै देशका मेरुदण्ड हुन भन्ने कुरा पूर्ण सत्य नभएको बताए । उनले लागू औषधको लतमा लागेर आफनो युवा उर्जा खेर फाल्नेहरु देशकालागि मुरुदण्ड हुन नसक्ने स्पष्ट पारे ।

 

उनले राष्ट्रको धरोहरहरु जलाउदै हिड्ने आफनै जन्मदाता इज्जत गर्न नसक्ने आफू भन्दा ठुलालाई आदर सानालाई माया गर्न नसक्ने प्रवृतिका वाहकहरु राष्ट्रको मेरुदण्ड हुन नसक्ने बताए ।, 


डा. शाक्यले आजको युवापुस्ताले अध्ययनमा आफू अब्बल हुन पर्छ भन्ने कुरामा हेक्का राख्न जरुरी भएको बताए । उनले ज्ञानले सुसज्जीत युवा पुस्ताले देशको बिकास र सामाजिक परिर्वतनमा योगदान दिन सक्ने बताए । 


कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछानेले केही बिदेशी शक्तिहरुले बिभिन्न कालखण्डमा नेपाललाई प्रयोगशालाको रुपमा प्रयोग गर्दै आइरहेको बताए ।

 

उनले नेपालमा बिदेशी शक्तिहरुले बिभिन्न नाममा जनताका वीचमा बिग्रह र भिडन्त गराउने कोशीस गर्दै आइरहेको भएपनि उनीहरु सफल हुन नसकेको बताए ।

 

उनले नेपाली जनतालाई एकताको सत्रुमा बाँधी राख्ने सामाजिक सदभाव र एकताको शक्ति  बलियो भएकोले उनीहरु सफल नभएको उनको भनाई थियो ।

 

पछिल्लो पटक पुस्तान्तरणको कुरा ल्याएर घर घरमा बिभाजन ल्याउने प्रयास भएको चर्चा गर्दै उनले यसमा बिदेशीहरु केही हदमा सफल भएपनि पुराना अर्थात बुढाहरु सबै खराव काम नलाग्ने हामी मात्र ठिक भन्ने भाष्यनै असफल भएको बताए । 

 


युवा पुस्ता सृजनाका संवाहक हुन, निर्माणका शिल्पी हुन तर नेपालमा ध्वसका बाहक भएको भाष्य खडाका भएको चर्चा गर्दै आजको युवा पुस्ताले बिवेक सम्मत निर्णय लिनु पनेृ बताए । 

 


कार्यक्रममा संबिधान सभाका सदस्य आत्मराम साहले युवा पुस्ताले कुन कुरा ठिक हो कुन कुरा ठिक होइन भन्ने कुरामा प्रष्ट हुनु पर्ने सुझाव दिए । 

 


कार्यक्रममा आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा । जनमत पर्साका अध्यक्ष ओमप्काश सर्राफ, प्रेस सेन्टर नेपालका मधेश अध्यक्ष निरज पिठाकोटे मगर लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम अभियानका अध्यक्ष कृष्ण मोहन सहनीको अध्यक्षतामा भएको थियो ।

 

कार्यक्रममा पत्रकारिता र सामाजिक आन्दालनको माध्यमले समाजमा योगदान दिएका पत्रकार र युवा अभियान्ताहरुलाई सम्मान गरिएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.