logo

एमाले वीरगञ्ज महानगर कमिटीको अध्यक्षमा लियाकत अलि मनोनित

 इसीमाना सम्बाददाता     २०८३ भदौ २० गते ०८: ४९ मा प्रकाशित     153   पटक पढिएको

वीरगञ्ज । नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको पूर्ण बैठकले महानगर कमिटीमा रिक्त रहेका पदहरू पदपूर्ति  गरेको छ।

 

महानगर कमिटीका कार्यवाहक अध्यक्ष लियाकत अलिको अध्यक्षतामा बसेको बैठकले पदपूर्ति लगायतका विभिन्न प्रस्तावमाथि छलफल गर्दै ती प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको हो।

May be an image of one or more people, temple and text

बैठकले महानगर कमिटीको अध्यक्षमा लियाकत अलि, उपाध्यक्षमा संजीवबहादुर छतकुली र सचिवमा जलन्धर कुर्मीलाई मनोनीत गर्ने सर्वसम्मतिबाट निर्णय  गरेको जनाइएको छ।

 

बैठकमा पार्टीको संगठन सुदृढीकरण तथा आगामी कार्यदिशालगायतका विषयमा समेत छलफल भएको बताइएको छ।

May be an image of dais and text

पदाधिकारी चयनसँगै वीरगञ्ज महानगरमा पार्टी संगठनलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने एमाले महानगर कमिटीको तयारी रहेको जनाइएको छ।


बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य बिजय कुमार सरावगी प्रदेश उपाध्यक्ष बिचारी यादव सदस्यहरु राजेन्द्र यादव, अमल यादव,प्रमोद जयसवाल जिल्ला समवन्य समितिका उपसभापति पुरन पटेल,सन्तोष सिंह लगायतका नेताहरुको सहभागिता रहेको थियो । यस अघि जिल्ला कमिटीले महानगरको संयोजकमा सुन्दरकुर्मीलाई नियुक्त गरेको थियो ।

May be an image of one or more people, dais and text

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.