logo

क्यासिनो प्रकरण, नखाएको बिष लाग्योः अध्यक्ष यादव

 इसीमाना सम्वाददाता     २०८३ भदौ २२ गते ०३: ०२ मा प्रकाशित     246   पटक पढिएको

वीरगन्ज । क्यासिनो प्रकरणमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव सहितलाई थप अनुसन्धानकालागि ६ दिनको म्याद थप भएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई थप अनुसन्धानकालागि ६ दिनको म्याद दिएका हुन । 


जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका अध्यक्ष यादवले नखाएको बिष लागेको बताएका छन ।


रक्सी नखाने जुवातास नखेल्ने यादव क्यासिनोमा जुवा खेलेको आरोपमा पक्राउ परेका छन । उनको आनी बानीका बारेमा जानकारी राख्नेहरुले उनको गिरफ्तारीलाई “राजनीतिक षडयन्त्र”का रुपमा लिएका छन । 

 

यादवलाई नियोजित रूपमा विवादमा तानिएको र राजनीतिक प्रतिशोधका कारण घटनालाई ठूलो बनाइएको उनीनिकट व्यक्तिहरूको दाबी छ ।

 

यादव क्यासिनोमा जुवा खेल्नकै लागि गएको भए उनी त्यहाँ कति समय बसे, क्यासिनो प्रवेश गर्नुको वास्तविक कारण के थियो र प्रहरी निरीक्षक पौडेलले उनलाई किन पटक–पटक फोन गरे भन्ने विषय महत्वपूर्ण बन्न पुगेको छ ।


‘कसैलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो भने त्यसको प्रमाण र त्यसअघि भएको सम्पूर्ण घटनाक्रम पनि सार्वजनिक हुनुपर्छ,’ यादव निकट स्रोतले भन्यो, ‘फोन गरेर बोलाउने अनि पुगेको केही मिनेटमै छापा हानेर पक्राउ गर्ने घटनाले उहाँलाई फसाइएको आशंका बढाएको छ।’

 

अध्यक्ष यादवको पक्राउलाई लिएर उनका समर्थकहरूले भने यसलाई राजनीतिक शिकार बनाउने प्रयासका रूपमा व्याख्या गरेका छन् । 

 

उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी यादव क्यासिनो पुग्नुको वास्तविक कारण, प्रहरी निरीक्षक पौडेलसँग भएको फोन सम्पर्क र क्यासिनोमा बिताएको समयबारे समेत अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

 

पौडेल र प्रहरी नरिक्षक पौडेल संगै वीरगंज प्रवेश गरे पनि यादव सामाजिक संस्था जिल्ला सम्वन्य समिति पर्सामा पुगेका थिए । त्यहा केही बिषमा छलफल थियो, उनले त्यही भएका साथीहरुसंग बसेर नास्ता समेत खाएका थिए । उनी त्यही हुदा उनलाई पटक पटक फोन गरि बोलाइएको स्रोतको दावी छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.