ठोरी । बाढीपीडितको सहयोगका लागि नेपाली कांग्रेस ठोरी गाउँ कार्यसमितिको पहलमा २ लाख ३९ हजार ४ सय ६ सहयोग रकम प्राप्त भएको छ।
सहयोग रकम पार्टीको गाउँ समितिको तर्फबाट पर्साका सभापति पूर्वमन्त्री जनार्दन सिंह क्षेत्रीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा उपसभापति राम नारायण कुर्मी , ठोरीका नेताहरुको सहभागिता रहेको थियो ।
बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि गरिएको अभियानमा सहयोग गर्ने सम्पूर्ण ठोरीवासीप्रति नेपाली कांग्रेस ठोरी गाउँ कार्यसमितिले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
गाउँ कार्यसमितिले विपद्को कठिन समयमा बाढीपीडितको राहत तथा सहयोगका लागि हातेमालो गर्दै आर्थिक सहयोग उपलब्ध गराउने सम्पूर्ण सहयोगदाता तथा ठोरीवासीलाई धन्यवाद दिएको हो।
तपाईको प्रतिक्रिया