logo

बन्द हड्तालकावीच पनि सडक अतिक्रमण हटाइने

बन्द हड्तालकावीच पनि सडक अतिक्रमण हटाइने

      1/19/2017 गते 00 00 मा प्रकाशित     2060   पटक पढिएको

हेटौडा ६ माघ । डिभिजन सडक कार्यलय मकवनपुरले बिहिवार पनि सडक फराकिलो अभियान जारी राखेपछि हेटौँडाको राप्तिरोडमा सामान्य झडप भएको छ ।आन्दोलनकारी ब्यवसायी र प्रहरीबीच केही समय सामान्य झडप भएको हो । डिभिजन कार्यालयले आज बिहानबाट पुन सडक अतिक्रमण हटाउने अभियानलाई जारी राखेको छ । 

मकवानपुर उद्योग वाणिज्य संघ संयोजक रहेको हेटौँडा बसोबास संरक्षण समितिले प्रर्दशन गरिरहेको छ । डिभिजन सडक कार्यालय हेटौँडाले सडक फराकिलो अभियानलाई अन्र्तगत सडको २५ मिटर क्षेत्रभित्र पर्ने वासिन्दाको निवेदनलाई ध्यान दिँदै आफै घर तथा आफ्नो भौतिक संरचना भत्काउने निवेदन दिनेहरुको लागि १५ दिनको समय थप गरेको छ । डिभिजन कार्यालयले  सूचना जारी गर्दै  निवेदन दिनेहरुको हकमा १५ दिन सूचना दिईएको बताएको हो । डिभिजन कार्यालयले  जारी गरको सूचनाको विषयमा जानकारी दिँदै डिभिजन सडक कार्यालय हेटौँडाका प्रवक्ता जयराम अधिकारीले निवेदन दिएकाहरुको हकमा १५ दिनको समय थप गरिने भएपनि अन्यको हकमा भने त्यो नियम लागु नहुने बताए । उनले सडक फराकिलो पार्ने कामले निरन्तरता पाउने समेत बताए । सडक डिभिजन कार्यालय हेटौडाले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौडा बजार सडक खण्डमा २५ मीटर भित्र पर्ने निजीघरमा डोजर चलाएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघको संयोजनमा रहेको बसोबास संरक्षण समितिले आजपनि हेटौँडा बन्दको घोषणा गरेको छ । सडक विभागले मुआब्जा नदिई  सडक विस्तार गरेको भन्दै बन्दको घोषणा गरेको हो । 

सडक ऐन नबन्दै पूर्वपश्चिम राजमार्ग बन्नु अघि नै विक्रम सम्वत २०११ साल देखि नै बसोबास गर्दै आएको एवम् नगरपालिकाले सम्पत्ति कर लिईरहेको र सडक डिभिजन कार्यालयल भन्दै आएको २५ मीटर भित्रका घरजग्गाको लालपूर्जा व्यक्ती कै नाममा रहेकोले मुआब्जा पाउनुपर्ने माग गर्दै बन्दको आब्हान गरेका बसोबास संरक्षण समतिले जनाएको छ । हिजो सांसद अनन्त पौडेल, क्षेत्रीय प्रशासक विनोद केसी, प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दवाडी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने सहितको टोलीले वार्ता गरेपनि वार्ता विफल भएपछि आन्दोलनको घोषणा गरिएको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

उता मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले भने बन्द तथा आन्दोलनको बीच पनि सडक फराकिलो पार्ने काम नरोकिने बताएका छन् ।  ब्यक्तिगत रुपमा समय मागे ब्यवसायी तथा घरधनीलाई आफै घर भत्काउने समय प्रदान गर्ने बताउँदै उनले यो वा त्यो बाहानामा सडक फराकिलो पार्ने अभियान नरोकिने बताएका हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.