वीरगंज उपमहानगरपालिका वडा नं. २६ प्रसौनी बिर्तामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा स्थानिय युवाहरुले खाजा खर्च बाट रंगरोगन गराएका छन् । बिद्यालयमा निर्मित दुई कोठे नयाँ भवन, पर्खाल र मुख्य ढोकालाई स्थानिय युवाहरुले रंगरोग गराएका हुन ।
नेकपा एमाले वडा नं. २६का वडा अध्यक्ष लालबाबु यादव र पत्रकार राकेश साहको बिशेष सक्रियतामा बिद्यालय रंगरोगन गरिएको बिद्यालयका प्र.अ प्रमोद पाठकले बताए । बिद्यालय प्रति स्थानिय युवाहरुको बढदो झुकावले आफु ज्यादै हर्षित भएको बताउदै बिद्यालयको बिकाशमा आफुलाई थप उर्जा मिलेको प्र.अ पाठकले बताए ।
बिद्यालय रंगरोगनमा कुल १५ हजार लागत लागेको र सम्पुर्ण रकम वडा कमिटीका सदस्य र एमाले पार्टीका स्थानिय युवाहरुबाट संकल्न गरिएको वडा अध्यक्ष लालबाबु यादवले बताए ।
बिद्यालय रंगरोगनमा राकेश साह गोंड, लालबाबु यादव, ,हरेन्द्र यादव,अवधकिसोर कुशवाहा,सुनिता देवी यादव, प्रियांका गोंड, नारायण बढई,हसिना यादव, जगरनाथ दास, अमिका यादव, रामकिसोर सिंह (पराग),,रबिकृष्ण श्रेष्ठ लगायतकाले आर्थिक सहयोग गरि सहयोग गरेका थिए ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।
तपाईको प्रतिक्रिया