प्रस, ठोरी, १२ माघ/
चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको जङ्गली हात्तीले ठोरीमा आतङ्क मचाउन थालेको छ । साँझ पर्नेबित्तिकै गाउँ पस्ने हात्तीले घर भत्काउनुका साथै घरमा भण्डारण गरी राखेको अन्नपात खाएर सताउन थालेपछि जनजीवन आतङ्कित बनेको हो ।
मङ्गलवार राति हात्तीले ठोरी–८ गौतमनगर डाँडालाइनमा दुईजनाको घर भत्काएर क्षति पु¥याएको छ । बिहान साढे १ बजे ठोरी–८ बस्ने राजकुमार तामाड्ढो कच्ची घर भत्काएर पूर्ण क्षति पु¥याएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुङले जानकारी दिएका छन् ।
राजकुमारको घर भत्काएर क्षति पु¥याए पछि बिहान ३ बजे हस्तबहादुर गोलेको घरको एकापट्टिको जस्ताको पाली फालिदिएको पीडितले बताए ।
केही दिन यता साँझ पर्नेबित्तिकै जङ्गली हात्ती गाउँ पसेर आतङ्क मचाउन थालेपछि जनजीवन त्रसित बनेको स्थानीय कृष्ण भण्डारीले बताए ।
मङ्गलवार राति पनि ठोरी–१ चौतारामा जङ्गली हात्तीले दुई घर भत्काएर क्षति पु¥याएको थियो ।प्रतीकबाट
तपाईको प्रतिक्रिया