logo

पर्खालले च्यापिएर एकको मृत्यु

      2/18/2017 गते 00 00 मा प्रकाशित     1305   पटक पढिएको

वीरगन्ज ७ फागुन । 
बीरगंजमा ढल तथा नालाको निर्माण गर्ने क्रममा शनिबार बिहान पर्खाल भत्किएर खस्दा त्यसमा च्यापिएर एक जना कामदारको मृत्यु भएको छ । पर्खाल भत्किएर खस्दा त्यसमा च्यापिएर रौतहटको रमौली ४ का राम पुकार सहनीको घटनास्थलमै मृत्यु भएको हो । अरु तीन जना कामदार गम्भिर घाइते भएका छन  । एशीयाली विकास बैंक एडिबीको आर्थिक सहयोगमा वीरगन्जमा सन्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार योजना अन्तर्गत ढल निर्माणकालागि खाल्डो खनिदा पर्खाल भत्किएको हो । 
 पर्खालले च्यापिएर रौतहटको मदनपुर १ का गणेश शाह , रमौली ४ का उपेन्द्र दास र बालेश्वर सहनी गम्भिर घाइते भएका छन् । बालेश्वर सहनी र गणेश साहको वीरगन्जमा उपचार हुन नसकेपछि दुवै जनालाइ थप उपचारका लागि काठमाण्डौको वीर अस्पतालमा पठाइएको पर्सा प्रहरीले जनाएको छ ।  अर्का घाइते उपेन्द्र दासको भने नेशनल मेडीकल कलेज वीरगन्जमै उपचार भइरहेको छ । वीरगन्जमा सन्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार योजना अन्तर्गत ढल तथा नाला निर्माणको ठेक्का कालीका कन्ट्रक्सन प्रालिले लिएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ ।

नक्कली कागजातको भरमा अदालतमा रोक्का रहेको जग्गा बिक्री गर्ने चौधरी पक्राउ

बारा । बारा जिल्ला अदालतको लेटरप्याड, छाप र दस्तखत किर्ते गरी अदालतको नाममा नक्कली फुकुवा पत्र बनाएर रोक्का राखेको जग्गा बिक्री गरेको आरोपमा संजित चौधरी पक्राउ परेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.