logo

युवाकालागि आइडल बन्दै रामनगरिका रमेश 

      2/18/2017 गते 00 00 मा प्रकाशित     1739   पटक पढिएको

वीरगंज ७ फागुन /
पर्सा जिल्लाको रामनगरी गाविसका एक युवकको पहलले सप्तरीका ३ परिवारको घर बन्ने भएको छ । भारतबाट आफनो अध्ययन पुरा गरि फर्किएका पर्साको रामनगरिका युवा बीरगंजेली पत्रकारहरुसंग पहिलो पटक साक्षत्कार गर्दै घर बनाउने प्रेरणाको बारेमा जानकारी गराउदै थिए ।  सामाजिक कार्यमै जीवन बिताउने प्रण गरेका साहले बिकृति र बिसंगतीपूर्ण राजनीतिक भडकाव प्रति सामाजिक संजाल मार्फत कडा प्रहार गर्ने गर्छन ।
साहले सामाजिक संजाल मार्फत सप्तरीको परवाहा गाविसमा रहेको ३ वटा दृष्टिविहिन परिवारको भयावह अवस्थाको जानकारी पाएदेखि नै उनमा ति परिवारकालागि केही गर्ने हुटहुटी पैदा भयो । दृढ इचछाशक्ति भएका साहले सामाजिक सहयोगको भावनालाई ब्यवहारमा उतार्ने प्रण गरे र शुरु भयो घर बनाउने अभियान ।  उनले दृष्टिविहिन परिवारको लागि करिब ३० लाखको लागतमा घर बनाउने प्रण गर्दै फेसबुक मार्फत आर्थिक सहयोग संकलन अभियानमा चलाएका छन् । देशको परिस्थितिको बारेमा लेख्न सक्ने अब्बल क्षमता भएकै कारण फेसबुकमा साथी भएकाहरुले ति दृष्टिविहिन परिवारका लागि दुई हप्ता अगाडि सहयोगका लागि अपिल गरेकोमा हाल सम्ममा करिब १५ लाख सम्म सहयोग प्राप्त भइसकेको उनले जनकारी गराए । गरिब, बिपन्न, असहायको सहयोगको लागि सबैमा आग्रह गर्दै पर्सा जिल्लामा समेत त्यस्ता परिवारलाई सहयोग गर्दै जाने उनले बताए । परिवारको शिक्षा दिक्षाका लागि आफनो पहलमा सो परिवारका १२ वर्ष मुनिका ४ जना बालिकालाई हेल्प नेपाल नेटवर्कको बालगृहमा राख्न लगाएको छलफलमा साहले जानकार दिएका थिए ।
सामाजिक कार्यमै लागेर भविष्यमा देशलाई केही गरेर देखाउने इच्छा बोकेका साहले नेताहरुले भाषण मात्र गर्ने गरेको र विकासको काममा ध्यान नदिएको आरोप समेत लगाएका थिए । सामाजिक अभियान्ता साह भारतको दिल्लीमा सिए पढदै गर्दाको समयमा समाजिक कार्यमा लाग्ने लक्ष्य बनाउदै अगाडि बढेका हुन् । उनीले आउदो दिनमा युवाहरुलाई एकजुट बनाई समाजिक कार्यमा लाग्ने सपना बुनेका छन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.