logo

छात्रावासमा होली समाग्री तथा फलफुल बितरण

      3/11/2017 गते 00 00 मा प्रकाशित     1315   पटक पढिएको

वीरगंज २८फागुन 
हिन्दुहरुको महान पर्व होलीको अवसरमा द राइजिङ्ग नेपाल वीरगंजले आज आमाको माया छात्रावासमा होली समाग्री तथा फलफुल बितरण कार्यक्रम गरेको छ । क्लबका अध्यक्ष पंकज पटेलको सभापतित्वमा सम्पन्न कार्यक्रमले छात्रावासमा रहेका १८ जना बालबालिकाहरुलाई अबिर, रंग , कपडा, मिठाई, फलफुल लगायतको समाग्री बितरण गरेको थियो । वीरगंज वडा नं। १३ आर्दशनगर आमाको माया छात्रावासको  सभाहलमा सम्पन्न समाजसेवी भवरलाल पारिक  सदभावना पार्टीका वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफ जनजाती कल्याण आश्रमका प्रेम थुलुङ्ग, लगायतकाले आ आफनो धारणा राखेका थिए । 
 बिगत ५ बर्ष देखि आमाको माया छात्रावासमा होली समाग्री तथा फलफुल बितरण गर्दै आईरहेको क्लबका अध्यक्ष पंकज पटेलले बताए । 
सो अवसरमा क्लबका रोशन मोदी, उपेन्द्र सर्राफ, बिकास गुप्ता,कन्हैया गुप्ता,सुरज पासवान, नितेश गुप्ता लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वगत मन्तव्य क्लबका कोषाध्यक्ष धर्मेन्द्र गुप्ताले गरेका थिए भने क्लबका सचिव एवं पत्रकार मनोज पटेलले सहजीकरण गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.