logo

पारिजातका कथाका प्रवृत्ति

      5/26/2017 गते 00 00 मा प्रकाशित     1588   पटक पढिएको

काठमाडौँ, १२ जेठ । साहित्यकार पारिजातको २४ औँ स्मृति दिवसका अवसरमा उहाँका कथाका प्रवृत्तिबारे चर्चा गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा यहाँ आज आयोजित ‘पारिजातका कथाका प्रवृत्तिहरू’ विषयको गोष्ठीमा साहित्यकारले पारिजातका कथा, व्यक्तित्व, र समाजमा पु¥याएको योगदानबारे छलफल गर्नुभयो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्यका क्षेत्रमा जस्तै सामाजिक रूपान्तरणका आन्दोलनमा समेत पारिजातको अतुलनीय योगदान रहेको स्मरण गराउनुभयो ।

वरिष्ठ साहित्यकार प्रदीप नेपालले पारिजातले सुरूमा लेखेका कथामा यौन कुण्ठा रहेको टिप्पणी गर्नुभयो । “हाम्रो काम लेख्ने मात्र हो, बुझे बुझ्छन्÷नबुझे बुझ्दैनन् भन्न लेखकले पाउँदैनन्, त्यो ढङ्गले विश्लेषण गर्ने हो भने कथामा पारिजात दिदी अटाउनुुहुन्न, त्यसैले जनताले बुझ्ने भाषामा लेख्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाली लेखक सङ्घका अध्यक्ष तथा प्राज्ञ श्रवण मुकारुङले आफू काठमाडौँ आएपछि सबैभन्दा पहिला आफूले पारिजातलाई कविता सुनाएको जानकारी दिनुभयो । पारिजात स्मृति केन्द्रका अध्यक्ष रायन र प्रज्ञा–प्रतिष्ठानका सदस्य एवम् प्राज्ञ मात्रिका पोखरेलले पारिजात लेखक मात्र नभएर एउटा अभियानकर्मीसमेत भएको बताउनुभयो ।


साहित्यकार डिआर पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै पारिजातले नेपाली साहित्यमा दिएको योगदान प्रेरणादायी रहेको बताउनुभयो । कार्यक्रममा ‘आदिम देश’, ‘सडक र प्रतिभा’, ‘साल्गीको बलात्कृत आँसु’ र ‘बधशाला जाँदा आउँदा’ लगायत कृतिका रचयिता पारिजातका कथाको प्रवृत्तिमाथि चर्चा गरिएको थियो । विसं १९९४ मा जन्मिनुभएकी पारिजातले कविता, नाटक, आख्यान र निबन्धसहित नेपाली साहित्यका चारै विधामा कलम चलाउनुभएको छ । विसं २०५० मा उहाँको निधन भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.