logo

पारिजातका कथाका प्रवृत्ति

      5/26/2017 गते 00 00 मा प्रकाशित     1759   पटक पढिएको

काठमाडौँ, १२ जेठ । साहित्यकार पारिजातको २४ औँ स्मृति दिवसका अवसरमा उहाँका कथाका प्रवृत्तिबारे चर्चा गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा यहाँ आज आयोजित ‘पारिजातका कथाका प्रवृत्तिहरू’ विषयको गोष्ठीमा साहित्यकारले पारिजातका कथा, व्यक्तित्व, र समाजमा पु¥याएको योगदानबारे छलफल गर्नुभयो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्यका क्षेत्रमा जस्तै सामाजिक रूपान्तरणका आन्दोलनमा समेत पारिजातको अतुलनीय योगदान रहेको स्मरण गराउनुभयो ।

वरिष्ठ साहित्यकार प्रदीप नेपालले पारिजातले सुरूमा लेखेका कथामा यौन कुण्ठा रहेको टिप्पणी गर्नुभयो । “हाम्रो काम लेख्ने मात्र हो, बुझे बुझ्छन्÷नबुझे बुझ्दैनन् भन्न लेखकले पाउँदैनन्, त्यो ढङ्गले विश्लेषण गर्ने हो भने कथामा पारिजात दिदी अटाउनुुहुन्न, त्यसैले जनताले बुझ्ने भाषामा लेख्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाली लेखक सङ्घका अध्यक्ष तथा प्राज्ञ श्रवण मुकारुङले आफू काठमाडौँ आएपछि सबैभन्दा पहिला आफूले पारिजातलाई कविता सुनाएको जानकारी दिनुभयो । पारिजात स्मृति केन्द्रका अध्यक्ष रायन र प्रज्ञा–प्रतिष्ठानका सदस्य एवम् प्राज्ञ मात्रिका पोखरेलले पारिजात लेखक मात्र नभएर एउटा अभियानकर्मीसमेत भएको बताउनुभयो ।


साहित्यकार डिआर पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै पारिजातले नेपाली साहित्यमा दिएको योगदान प्रेरणादायी रहेको बताउनुभयो । कार्यक्रममा ‘आदिम देश’, ‘सडक र प्रतिभा’, ‘साल्गीको बलात्कृत आँसु’ र ‘बधशाला जाँदा आउँदा’ लगायत कृतिका रचयिता पारिजातका कथाको प्रवृत्तिमाथि चर्चा गरिएको थियो । विसं १९९४ मा जन्मिनुभएकी पारिजातले कविता, नाटक, आख्यान र निबन्धसहित नेपाली साहित्यका चारै विधामा कलम चलाउनुभएको छ । विसं २०५० मा उहाँको निधन भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.