logo

पर्सा सुनचांदी व्यवसायी संघको अध्यक्षमा सर्राफ सर्वसम्मत

      7/23/2017 गते 00 00 मा प्रकाशित     1366   पटक पढिएको

वीरगंज ८ साउन ।
पर्सा सुनचांदी व्यवसायी संघको दोश्रो साधारण सभाबाट नवनिर्वाचित पदाधिकारीहरुलाई आज एक समारोहका बीच शपथ ग्रहण गराईएको छ । गएराती संघको दोश्रो विशेष सधारण सभाबाट निरज उर्फ मुन्ना सर्राफको अध्यक्षतामा चयन भएको १५ सदस्ीय नयाँ कार्यसमितीका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिएका हुन । संघको सभा कक्षमा सम्पन्न सपथग्रहण समारोहमा नवनिर्वाचित अध्यक्ष मुन्ना सर्राफले दोश्रो पटक अध्यक्ष पदको सपथ लिए  । यस्तै संघको उपाध्यक्षमा निर्वाचित गणेश प्रसाद सोनार, रामनरेश प्रसाद सोनार , महासचिवमा प्रवेशकुमार सर्राफ , सचिव अशोक प्रसाद सोनार , कोषाध्यक्षमा जयप्रकाश सर्राफ , सदस्यहरुमा अभिषेक सर्राफ , मणीहर्ष शाक्य , हिरालाल साह सोनार, लक्ष्मण प्रसाद सोनार, सुरज सर्राफ, संजय प्रसाद सोनार, राकेश सोनार, भैरब प्रसाद सोनार, महिला सदस्यमा पुजा देवी सर्राफले पद तथा गोप्नीयताको सपथ लिएका छन  । गएराती वीरगन्जको गोपाल मण्डलीमा निर्वाचन प्रक्रियामा अध्यक्षका अर्का प्रत्यासी भूलन सर्राफले उम्मेदवारी फिर्ता गरेपछि मुन्ना सर्राफ सर्वसम्मत दोश्रो कार्यकालका लागि अध्यक्ष भएका हुन  । कार्यसमिति सदस्यहरुको निर्वाचनमा पनि भुलन पक्षीय उम्मेदवारहरु पराजित भएका छन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.