logo

लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न 

      7/8/2017 गते 00 00 मा प्रकाशित     3196   पटक पढिएको

वीरगंज २४ असार

स्वच्छ, सफा र हराभरा वीरगंज अभियान अन्तर्गत लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसले आज सेस्मी ईन्टरनेशनल स्कुल वीरगंजको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसका अध्यक्ष लायन रिकेश साहको अध्यक्षतामा सम्पन्न भएको वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका करिब एक सय विरुवाहरु रोपिएका छन् ।

जिल्ला वन कार्यालय पर्साको सहयोगमा भएको वृक्षारोपण कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले विरुवा रोपेर शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा राजवृक्ष, अशोक, गोल्डमोहर, निम, कल्की फुल प्रजातीका करिब एक सय विरुवाहरु रोपिएका छन् । वृक्षारोपण कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेस विभाग प्रमुख विजय कुशवाहा, लायन्स क्लबका एरिया चिफ लायन देव चौधरी, एम्बेसडर अफ गभर्नर लायन उमेश साह कानु, रिजन चेयर पर्सन लायन राघव आचार्य, जोन चेयर पर्सनद्वय लायन वासुदेव तिमिल्सिना, लायन रेखा वैद्य, सेस्मी ईन्टरनेशनल स्कुलकी निर्देशिका आश्मा सिंह यादव, निर्देशक मनोज यादव, प्रधानाध्यापक धर्मेन्द्र यादव, प्रेस युनियन पर्साका कोषाध्यक्ष राम कुशवाहा लगायतका व्यक्तित्वहरुका साथै लायन्स क्लबका अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यसैबीच आजै लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसको वर्ष २०१७/१८ को लागि अध्यक्ष पदमा चयन हुनु भएका लायन रिकेश साहलाई क्लबका निवर्तमान अध्यक्ष लायन वासुदेव तिमिल्सिनाले अध्यक्षको पिन लगाई नयाँ नेतृत्व हस्तान्तरण गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.