logo

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

      7/13/2017 गते 00 00 मा प्रकाशित     2681   पटक पढिएको

वीरगंज २९ असार 
स्वच्छ, सफा र हराभरा वीरगंज अभियान अन्तर्गत लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले आज ताराचन्द किशनलाल विद्यालय वीरगंजको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन विजया ओझैयाको अध्यक्षतामा सम्पन्न भएको वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका २० थान विरुवाहरु रोपिएका छन् ।
जिल्ला वन कार्यालय पर्साको सहयोगमा भएको वृक्षारोपण कार्यक्रममा लायन्स क्लबका एरिया चिफ लायन देव चौधरी एवं लायन्स क्लबकी एम्बेसडर अफ गभर्नर लायन मिनाक्षी गुप्ताले विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा राजवृक्ष, अशोक, गोल्डमोहर, निम, कल्की फुल प्रजातीका करिब २० थान विरुवाहरु रोपिएका छन् । सोही अवसरमा लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले ताराचन्द किशनलाल विद्यालयलाई २ थान पंखा र खाद्यान्न सामग्रीहरु पनि सहयोग स्वरुप हस्तान्तरण गरेको थियो । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेस विभाग प्रमुख विजय कुशवाहा, लायन्स क्लबका रिजन चेयर पर्सन लायन प्रजय हरलालका, लायन्स क्लबकी जोन चेयर पर्सन लायन रेखा वैद्य, क्लबकी प्रथम उपाध्यक्ष लायन गुड्डी जोशी, सचिव लायन मौसम भंगर, कोषाध्यक्ष लायन सपना मित्तल अग्रवाल, सदस्यहरु लायन आश्मा सिंह यादव, लायन सिर्जना ढकाल, प्रिया जोशी, विद्यालयका प्रधानाध्यापक राजन जोशी, प्रेस युनियन पर्साका कोषाध्यक्ष राम कुशवाहा लगायतका व्यक्तित्वहरुका साथै लायन्स क्लबका अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण क्लबकी सदस्य लायन सलमा खातुनले गरेकी थिइन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.