logo

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा सरसफाई कार्यक्रमको आयोजना

      7/1/2017 गते 00 00 मा प्रकाशित     1281   पटक पढिएको

वीरगंज १७  असार

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको आयोजना तथा मेगा बैंक वीरगंज शाखाको सहयोगमा आज नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सरसफाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले लायन्स क्लबले निरन्तर रुपमा गर्ने सामाजिक कार्यहरुको प्रंशसा गर्नु भयो । साथै वहाँले लायन्स क्लबले सामाजिक कार्यहरुमा महत्वपूर्ण भूमिका खेलेको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरूले निरन्तरता पाउनु पर्ने कुरामा जोड दिनु भयो । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन विजया ओझैयाको अध्यक्षतामा सम्पन्न सरसफाई कार्यक्रममा विशिष्ठ अतिथि मेगा बैंक वीरगंजका शाखा प्रबन्धक दिपक श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेस विभाग प्रमुख विजय कुशवाहा, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारीले आ–आफनो धारणा राख्नु भएको थियो । कार्यक्रममा लायन्स क्लबका एमबेस्डर अफ गभर्नर लायन उमेश साह कानु, रिजन चेयर पर्सन लायन प्रजय हरलालका, जोन चेयर पर्सनहरु लायन रेखा बैद्य, लायन बासु तिमिल्सिना, लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी प्रथम उपाध्यक्ष गुड्डी जोशी, कोषाध्यक्ष सपना मित्तल, लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसका अध्यक्ष लायन रिकेश साह, लियो क्लबका तर्फबाट लियो सरिता खडका, हिमान्सु वर्णवाल, विकेश यादव लगायत लायन्स क्लबका अन्य सदस्यहरुको समेत उल्लेख्य सहभागिता रहेको कार्यक्रम संचालिका लायन आश्मा सिंह यादवले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।

राजावादी आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गरिदैनः संचारमन्त्री गुरुङ

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले राजावादी आन्दोलनमा सहभागिता जनाउँदै ज्यान गुमाउनेहरूलाई सहिद घोषणा नगरिने स्पष्ट पारेका छन्।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.