भदौ १७ बीरगंज । पर्सा प्रहरीले १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा बीरगंज महानगरको नगवामा रहेको प्रहरी चौकीम कार्यरत २४ वर्षिय प्रहरी जवान गोरख मौर्यलाई गिरफ्तार गरेको छ ।
वीरगन्ज महानगरपालिका १६ नगवाको नयाँ बस्तीमा बालीका घरमा एक्लै भएको अवस्थामा जर्वजस्ती बलात्कार गरेको भन्दै स्थानीयले प्रहरीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएका हुन ।
शनिबार साँझ करिब साढे ७ बजेको समयमा युवती एक्लै घरमा भएको अवस्था पारेर नगवा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान गोरख मौर्यले जबर्जस्ती करणी गरेको भन्दै स्थानीयले उनलाई नियन्त्रणमा लिएका थिए ।
स्थानीयले नियन्त्रणमा लिइएका प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीलाई जिम्मा लगाएका थिए । पर्साका एसपी सुदीप गिरीले प्रहरी जवान मौर्यलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको बताएका छन ।
तपाईको प्रतिक्रिया