logo

करेन्ट लागेर दुईजना महिलाको मृत्यु

      10/15/2017 गते 00 00 मा प्रकाशित     1205   पटक पढिएको

वीरगञ्ज , २९ असोज :

                                 वीरगञ्जमा करेन्ट लागेर आइतबार बिहान दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नं १५ लक्ष्मनवा टोलकी ५० वर्षीया कान्तिदेवी र ४५ वर्षीय जागोदेवी सोनारको मृत्यु भएको हो ।

                                  घरमा सफाइ गर्ने क्रममा आइतबार विहान कान्तिदेवीले मोटर जडान भएको चापाकलमा पानी लिन जाने बखतमा करेन्ट प्रवाह भई भुईमा लडेकी थिइन् । उनी लडेको देखेपछि छिमेकी जागोदेवीले उठाउन खोज्दा उनलाई पनि करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । मृतक दुबै महिलाको शव पोष्टमार्टमको लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.