logo

 म्यादी प्रहरी बनाउनेहरु रातोबंगलाबाट पक्राउ

      10/31/2017 गते 00 00 मा प्रकाशित     1841   पटक पढिएको

बीरगंज १४ कार्तिक। म्यादी प्रहरीमा जागीर लगाउने भन्दै ठगी गर्ने तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बहुदरामाई नगरापालिका वडा नं १ का हरिनारायण  राम सोही ठाउका बिसुनदेव प्रसाद यादव छठु महरा चमारलाई पक्राउ गरेको हो ।
    उनीहरुलाई प्रहरीले सोमवार अपरान्ह जिल्ला प्रहरी कार्यालयको नजकै रहेको यातायात संस्थानको रातो बंगलाबाट पक्राउ गरेको हो ।  उनीहरुले बिभिन्न ब्यक्तिहरुको प्रवेश पत्र मिलाउदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनीहरुको साथबाट म्यादी प्रहरीमा भर्नाहरुकालागि आवेदन दिएका २२ जनाको प्रवेश पत्र अन्य २० जनाको प्रवेश पत्रको फोटोकपी ,स्वास्थ्य परिक्षण गराईको पाँच थान रिपोर्ट  र ३७ हजार १ सय रुपैया नगद बरामद भएको प्रहरीले जनायो । म्यादी प्रहरीमा भर्ना हुनकालागि मेडिकल रिपोर्ट आवश्यक नभएपनि भर्ना हुन चाहनेहरुकोलागि भ्रममा पार्न त्यस्तो रिपोर्ट बनाएको प्रहरीले जनायो ।
    आरोपीतहरुले म्यादीमा भर्ना हुन चाहनेहरुसंग ३ देखी ५ हजार रुपैया उठाएको पाइएको पर्सा प्रहरीले जनायो । प्रहरीले भने म्यादी प्रहरीमा सफल भएका ब्यक्तिहरु आफनै क्षमताका कारण सफल भएको भन्दै कसैलाई भ्रममा नपर्न आम जनतालाई अपिल गरिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक डा.गणेश रेग्मीले बताए  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.