logo

सुशासन र समृद्धिकालागि नागरिक खवरदारी आवश्यक

      11/1/2017 गते 00 00 मा प्रकाशित     1285   पटक पढिएको

कार्तिक १५ बीरगंज

बिकास,सुशासन र समृद्धिकालागि जिम्मेवार निकायलाई जवाफदेश बनाउन नागरिक खवरदारी रहेकोमा सरोकारवालाले जोड दिएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बीरगंजमा आयोजना गरेको मिडिया साझेदारी सम्बन्धी बैठकमा यस्तो धारणा ब्यक्त गरिएको हो । मानवअधिकारका बिभिन्न पक्षहरु हिजोका दिनमा जति फोकस भएका थिए आज त्यसमा परिर्वतन आएको उनीहरुको भनाई थियो । सभा सम्मेलन आन्दोलन हत्या हिंसा जस्ता बिषय मानव अधिकारको प्रथामिकताको क्षेत्रमा पर्ने भएपनि आजको दिनमा नागरिकले आर्थिक सामाजिक तथा सास्कृतिक रुपमा अधिकार उपभोगको वतावरण कस्तो छ भन्ने बिषयले प्रथामिकता पाउनु पर्नेमा सरोकारवालाहरुको जोड  थियो । कार्यक्रममा अधिकारकर्मी ए्वं अधिवक्ता कमलमोहन पोख्रेलले सामाजिक क्षेत्रमा जागरणको अभियान संचालन आवश्यक रहेको बताए ।  राजनीतिक मुद्धाहरुको ब्यवस्थापन पछि अवको मुद्धा भनेको समृद्धि नै हो समृद्धि पाउनकालागि सबै जिम्मेवार र जवाफदेह हुरु पर्छ त्यसकोलागि अभियान आवश्यक रहेको उनको ठहर छ । सुशासनले मात्र नागरिक अधिकारमैत्री वतावरणको प्रत्याभूती हुने भएकोले नागरिक निगरानी जरुरी रहेकोमा उनको जोड थियो । त्यसकोलागि सीप र दक्षता बिकासमा समेत काम गर्न जरुरी रहेको छ  । राज्यको ध्यान त्यता पनि जानु पर्ने उनले बताए  । अर्का अधिवक्ता दर्शना झाले स्थानीय तहमा जनप्रतिनिधिहरुको आगमन पछि परिर्वतन देखा परेको छ । जनशक्ति त्यही ,मान्छे परिवेश बजेट त्यस्तै छ तर आज परिर्वतनको अनुभूती गर्न पाईएको छ उनले भनीन  । पत्रकार कविता खडकाले स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनधिहरुको क्षमता बिकासमा काम हुने पर्ने बताइन । उनले महिलाहरुको क्षमता बिकास आवश्यक छ र यो संचार क्षेत्रकालागि मुद्धा बन्नु पर्ने उनको र्तक छ । पत्रकार तुलसी भण्डारीले इन्सेकले मिडियासंग साझोदारी गर्नु पर्ने बताए । उनले समाजमा रहेको बिकृति बाहिर ल्याउन जरुरी छ तर इन्सेकले त्यसकोलागि मिडिया संग कसरी साझेदारी गर्छ भन्ने प्रश्न गरे । साझेदारीको मोडालिटी कस्तो हुने भन्ने उनको भनाई थियो । कार्यक्रममा अधिकारकर्मी निला रामले  अवको दिनमा योग्यतालाई संचारक्षेत्रले मुद्धा बनाउनु पर्ने बिचार ब्यक्त गरिन । जिम्मेवारी पाउनु मात्र ठुलो कुरा भएन जिम्मेवारी अनुसारको भूमिका निर्वाह हुन सक्यो भने मात्र अधिकारमैत्री वतावरण बन्नेमा उनको जोड थियो । कार्यक्रममा मानव अधिकार निगरानी समुह गादीका अध्यक्ष बिजय गैरेले समुहले गरेको कामको बारेमा जानकारी दिएका थिए । उनले राज्यका निकायहरुको गैर जिम्मेवारपनका कारण नागरिकले सेवा नपाएको अवस्थालाई समाचारका मुद्धा बनाउन आग्रह गरे । पर्सा जिल्लामा स्वास्थ्यचौकीहरुको निर्माण भएको छ तर अहिले सम्म हस्तान्तरण भएको छैन । चौकी हस्तान्तरण नहुदा नागरिकले पाउने स्वास्थ्यको अधिकार पूर्ण रुपमा प्रत्याभूत हुन नसकेको प्रति ध्यान दिन संचार क्षेत्रलाई उनले आग्रह गरे । कार्यक्रममा अनौपचारिक क्षेत्र सेवका केन्द्र (इन्सेक)का मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतमले कार्यक्रमको उद्धेश्यका बिषयमा प्रकाश पारेका थिए । इन्सेक केन्द्रीय कार्यालयका सेलिना गौतम नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा,सचिव युवराज खडका जिल्ला मानव अधिकार निगारनी समुहका संयोजक तवरेज अहमद राज चौधरी पत्रकार सुरेश बिडारी लगायतले आफना भनाई राखेका थिए । कार्यक्रमको संचालन इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछानेले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.