logo

सुशासन र समृद्धिकालागि नागरिक खवरदारी आवश्यक

      11/1/2017 गते 00 00 मा प्रकाशित     1429   पटक पढिएको

कार्तिक १५ बीरगंज

बिकास,सुशासन र समृद्धिकालागि जिम्मेवार निकायलाई जवाफदेश बनाउन नागरिक खवरदारी रहेकोमा सरोकारवालाले जोड दिएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बीरगंजमा आयोजना गरेको मिडिया साझेदारी सम्बन्धी बैठकमा यस्तो धारणा ब्यक्त गरिएको हो । मानवअधिकारका बिभिन्न पक्षहरु हिजोका दिनमा जति फोकस भएका थिए आज त्यसमा परिर्वतन आएको उनीहरुको भनाई थियो । सभा सम्मेलन आन्दोलन हत्या हिंसा जस्ता बिषय मानव अधिकारको प्रथामिकताको क्षेत्रमा पर्ने भएपनि आजको दिनमा नागरिकले आर्थिक सामाजिक तथा सास्कृतिक रुपमा अधिकार उपभोगको वतावरण कस्तो छ भन्ने बिषयले प्रथामिकता पाउनु पर्नेमा सरोकारवालाहरुको जोड  थियो । कार्यक्रममा अधिकारकर्मी ए्वं अधिवक्ता कमलमोहन पोख्रेलले सामाजिक क्षेत्रमा जागरणको अभियान संचालन आवश्यक रहेको बताए ।  राजनीतिक मुद्धाहरुको ब्यवस्थापन पछि अवको मुद्धा भनेको समृद्धि नै हो समृद्धि पाउनकालागि सबै जिम्मेवार र जवाफदेह हुरु पर्छ त्यसकोलागि अभियान आवश्यक रहेको उनको ठहर छ । सुशासनले मात्र नागरिक अधिकारमैत्री वतावरणको प्रत्याभूती हुने भएकोले नागरिक निगरानी जरुरी रहेकोमा उनको जोड थियो । त्यसकोलागि सीप र दक्षता बिकासमा समेत काम गर्न जरुरी रहेको छ  । राज्यको ध्यान त्यता पनि जानु पर्ने उनले बताए  । अर्का अधिवक्ता दर्शना झाले स्थानीय तहमा जनप्रतिनिधिहरुको आगमन पछि परिर्वतन देखा परेको छ । जनशक्ति त्यही ,मान्छे परिवेश बजेट त्यस्तै छ तर आज परिर्वतनको अनुभूती गर्न पाईएको छ उनले भनीन  । पत्रकार कविता खडकाले स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनधिहरुको क्षमता बिकासमा काम हुने पर्ने बताइन । उनले महिलाहरुको क्षमता बिकास आवश्यक छ र यो संचार क्षेत्रकालागि मुद्धा बन्नु पर्ने उनको र्तक छ । पत्रकार तुलसी भण्डारीले इन्सेकले मिडियासंग साझोदारी गर्नु पर्ने बताए । उनले समाजमा रहेको बिकृति बाहिर ल्याउन जरुरी छ तर इन्सेकले त्यसकोलागि मिडिया संग कसरी साझेदारी गर्छ भन्ने प्रश्न गरे । साझेदारीको मोडालिटी कस्तो हुने भन्ने उनको भनाई थियो । कार्यक्रममा अधिकारकर्मी निला रामले  अवको दिनमा योग्यतालाई संचारक्षेत्रले मुद्धा बनाउनु पर्ने बिचार ब्यक्त गरिन । जिम्मेवारी पाउनु मात्र ठुलो कुरा भएन जिम्मेवारी अनुसारको भूमिका निर्वाह हुन सक्यो भने मात्र अधिकारमैत्री वतावरण बन्नेमा उनको जोड थियो । कार्यक्रममा मानव अधिकार निगरानी समुह गादीका अध्यक्ष बिजय गैरेले समुहले गरेको कामको बारेमा जानकारी दिएका थिए । उनले राज्यका निकायहरुको गैर जिम्मेवारपनका कारण नागरिकले सेवा नपाएको अवस्थालाई समाचारका मुद्धा बनाउन आग्रह गरे । पर्सा जिल्लामा स्वास्थ्यचौकीहरुको निर्माण भएको छ तर अहिले सम्म हस्तान्तरण भएको छैन । चौकी हस्तान्तरण नहुदा नागरिकले पाउने स्वास्थ्यको अधिकार पूर्ण रुपमा प्रत्याभूत हुन नसकेको प्रति ध्यान दिन संचार क्षेत्रलाई उनले आग्रह गरे । कार्यक्रममा अनौपचारिक क्षेत्र सेवका केन्द्र (इन्सेक)का मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतमले कार्यक्रमको उद्धेश्यका बिषयमा प्रकाश पारेका थिए । इन्सेक केन्द्रीय कार्यालयका सेलिना गौतम नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा,सचिव युवराज खडका जिल्ला मानव अधिकार निगारनी समुहका संयोजक तवरेज अहमद राज चौधरी पत्रकार सुरेश बिडारी लगायतले आफना भनाई राखेका थिए । कार्यक्रमको संचालन इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछानेले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

जलनबाट व्यवसायी रावतको निधन

काठमाडौँ ।  बुद्धनगरका ४५ वर्षीय  व्यवसायी अश्विन रावतको जलबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.