logo

पर्सामा संचालीत कार्यक्रम इन्सेक टोलीद्वारा अनुगमन

      11/1/2017 गते 00 00 मा प्रकाशित     1306   पटक पढिएको


कार्तिक १५ गते ।
 अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा संचालीत स्थानीय समुदायलाई सजेत पार्दै जिम्मेवार निकायलाई जवाफदेह बनाउने परियोजना अन्र्तगत पर्साको पटेर्वा सुगौलीको वडा नं २ र सखुवा प्रसौनीको वडा नं २ मा संचालीत कार्यक्रमको अनुगमन भएको छ । 
    सखुवा प्रसौनीको वडा नं १ मधुवन मथौल र पटेर्वा सुगौलीको वडा नं २ गादीमा कार्यक्रम संचालन भइरहेको छ । कार्यक्रम संचालीत क्षेत्रमा मानव अधिकार निगरानी समुहमा आवद्ध अधिकारकर्मीको समुहले स्वास्थ्य खाद्य र शिक्षाको क्षेत्रमा राज्यले नागरिकलाई दिने सेवाको प्रभावकारी प्रत्याभूतीको पक्षमा सचेतना फेलाउने काम गर्ने गरेको छ । कार्यक्रम संचालीत २ वडामा दुईवटा माध्यामिक बिद्यालय र दुई वटा निम्न माध्यामिक बिद्यालयमा पनि बाल अधिकार चेतना समुहको निर्माण गरेर वालअधिकारको बिषयमा चेतनामुलक कार्यक्रम भईरहेको छ । सबै बिद्यलायमा संरक्षक शिक्षकले वालअधिकार चेतना समुहको काममा अभिभावकको भूमिका निर्वाह गर्ने गरेका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक र इन्सेक केन्द्रीय कार्यालयको योजना तथा अनुगमन शाखाका अधिकृत सलिना भट्टराई सहितको टोलीले कार्यक्रमको अनुगमन गरेको हो । टोलीले मानवअधिकार निगारानी समुहका पदाधिकारी,वाल अधिकार चेतना समुहका पदाधिकारी ,संरक्षक शिक्षक बिद्यालयका प्रधानाध्यापक,स्थानीय तहमा रहेका सेवा प्रदायक निकायका प्रमुखहरु सुरक्षा निकायका प्रमुखहरुसंग कार्यक्रम र त्यसको प्रभावकारीताको बिषयमा छलफल समेत गरेको थियो । कार्यक्रमको संचालनले वालवालिकाको ब्यवहारमा परिर्वतन आएको चेतना समुहका पदाधिकारीले बताएका थिए । मानव अधिकार निगरानी समुहको कामले स्थानीय समुदायलाई सेवा लिनमा सहज अनुभव भएको स्थानीयले बताए । निगारानी समुहले स्थानीय स्तरमा रहेका स्वास्थ्यचौकी,कृषि ,पशु,वडा सचिव बन लगायतका कार्यलयले दिने सेवाका बिषयमा स्थानीय समुदाय ति कार्यालयका जम्मेवार ब्यक्तिहरुका वीचमा अन्तरक्रिया गर्दै आएको छ । अन्तरक्रियाले गर्दा सेवाका त्यसको प्राप्तीका प्रक्रियाका बारेमा स्थानीय जनताले जानकारी पाउने गरेकोले निगरानी समुहको कामलाई उनीहरुले राम्रो ठानेको निगरानी समुह मधुवन मथवलका अध्यक्ष दिनेश तिमिल्सीनाले बताए । टोलीले जिल्ला स्तरीय मानव अधिकार निगारानी समुहसंग पनि अन्तरक्रिया गरेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.