logo

बलात्कार आरोपी गिरफतार नभएकोमा पीडितको गुनासो

      11/4/2017 गते 00 00 मा प्रकाशित     1466   पटक पढिएको

कातिक १८ बीरगंज ।
सखुवा प्रसौनी गाउँपालिकाको वडा नं ४ देउरवाना निवासी एक २४ वर्षिया महिलालाई बलात्कार गर्ने आरोपीहरुलाई गिरफ्तार नगरिएको भन्दै पीडित परिवारले गुनासो गरेका छन ।
 कार्तिक १५ गते राती ति महिलालाई सोही ठाउ निवासी  २६ वर्षिय मुख्तार अन्सारी,३२ वर्षिय अन्सारी बाबुले मुख्तार अन्सारीकै अर्को घरमा लगेर बलात्कार गरेका थिए । बलात्कार पछि महिलालाई मुख बाँधेर उखु बारीमा लगेर राखेका थिए । अन्सारीद्वयलाई उनका साथीहरु सोही ठाउका ३२ वर्षिय रोस्तम अली ३२ वर्षिय हरिशंकर दास तात्वा र ३४ वर्षिय ओलेआलमले मतियार भई सहयोग पु¥याएको पीडितका आफन्तजनले बताएका छन । पीडितले इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा घटनाको बिषयमा जाहेरी दिएको भएपनि कुनै सुनवाई नभएको उनीहरुको भनाई छ । बलात्कार शिकार भएकी महिला अत्यधिक रक्तस्राव भएका कारण बीरगंजको नारायाणी उपक्षेत्रीय अस्पतालमा उपचरार्थ भर्ना गरिएकी छिन । बलात्कार आरोप लागेका मुख्तार अन्सारी भने वडा नं ४ का वडाध्यक्ष जुम्मादिन अन्सारीका छोरा हुन । जुम्मादिन अन्सारीको पहलमा शनीवार गाउँमा पंचायती समेत भएको थियो । स्थानीय कतिथ भद्रभलाद्मीहरुले यो घटनालाई गाउँमै साम्य पार्ने प्रयास गरेका थिए । त्यो प्रयास भने असफल भएको स्थानीयले बताएका छन । 
    यता पर्सा प्रहरीले पीडितसंग किटानी जाहेरी मागेको छ । तर दुई जनाको मात्र जाहेरीमा नाम लेख्न प्रहरीले भनेको पीडितका आफन्तजनले बताएका छन । बलात्कार जस्तो जघन्य अपराधिक कार्यमा मतियारको रुपमा संलग्न भएकाहरुको नाम जाहेरीमा नलेख्न प्रहरीले नै पीडितका आफन्तजनलाई भनेकोमा उनीहरुको गुनासो रहेको छ । पर्सा प्रहरीले भने त्यस सम्बन्धमा उजुरी नपरेको बताएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

रौतहटमा मोटरसाइकल रुखमा ठोक्किँदा दुई जनाको ज्यान गयो

रौतहट  । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ अन्तर्गत गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

वित्त आयोगको मूल्यांकनमा काठमाडौं पुछारमा, विराटनगर अग्रस्थानमा

काठमाडौं । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा देशका ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.