logo

जिल्ला प्रहरी कार्यालय बारामा मोबाईल बोक्न प्रतिबन्ध

      11/6/2017 गते 00 00 मा प्रकाशित     1269   पटक पढिएको

कलैया, २० कात्तिक :

जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी कार्यालय परिसर भित्र मोबाईल प्रयोग गर्न प्रतिबन्ध लगाईएको छ । सोमबारदेखि कार्यालय परिसर भित्र मोबाईल प्रयोग गर्न नपाइने सूचना नै जारी गरेको हो । 

प्रहरी कार्यालय भित्र प्रवेश गर्दा मोबाइल स्वीच अफ गर्नुपर्ने व्यहोरा सहितको सूचना जिल्ला प्रहरी कार्यालय बाराको मुख्य प्रवेशद्वारमा टाँसिएको छ । बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारले प्रहरी कार्यालय परिसरमा छलफलमा बस्दा मोबाइल प्रयोग गर्न नपाइने व्यवस्था मिलाइएको बताए । ‘विभिन्न मुद्दाको छलफलमा भएका कुराकानीको रेकर्ड गरी गाउँघरमा लगेर सेवाग्राहीहरुबीच झै झगडा भएको जानकारी आयो ।’ उनले भने ‘यस्ता क्रियाकलाप नहोस भनेर मोबाईल प्रयोगमा प्रतिबन्ध लगाएका हौं ।’ 

उनले अनौपचारिक कुराकानी पनि सेवाग्राहीहरुले मोबाइलमा रेकर्ड गर्ने गरेका कारण मोबाइल प्रयोगमा पूर्ण रुपमा रोक लगाइएको जानकारी दिए ।

सञ्चार सम्बद्ध संघ संगठनद्वारा आपत्ती

प्रहरी कार्यालय परिसरमा मोबाईल प्रयोगमा प्रहरीले लगाएको प्रतिबन्ध प्रति पत्रकार सम्बद्ध विभिन्न संघ संगठनले आपत्ति जनाएका छन् ।

 नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष लक्ष्मी साहले जिल्ला प्रहरी कार्यालय परिसरमा मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउने कार्य निन्दनीय भएको बताए । ‘जुनसुकै बहानामा पनि मोबाइल प्रयोगमा रोक लगाउनु प्रहरीको निन्दनीय कार्य हो ।’ उनले भने । 

प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारीले पनि मोबाइल प्रयोगमा बन्देज लगाउनु प्रहरीको उचित कदम नभएको बताए । ‘अहिलेको जमानामा पनि प्रहरी कार्यालय भित्र सेवाग्राहीलाई सुरक्षाको नाममा मोबाईल जस्तो संचारको साधनबाट बञ्चित गराउन खोज्नु प्रहरीको गलत र निन्दनीय कदम हो ।’ उनले भने ‘प्रहरी अधिकारीहरुले तत्काल यो निर्णय सच्याउनुपर्छ ।’ 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.