logo

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा अन्तराष्ट्रिय शान्ति चित्रकला प्रतियोगिता सम्पन्न 

      11/9/2017 गते 00 00 मा प्रकाशित     1718   पटक पढिएको

वीरगंज २३  कार्तिक र लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको अयोजनामा आज वीरगंजमा लायन्स अन्तराष्ट्रिय शान्ति चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । भविष्यको लागी शान्ति भन्ने मुल नाराका साथ दिल्ली पब्लिक स्कुल वीरगंजमा आयोजित प्रतियोगितामा स्कुलका २० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा बंशीका जलान प्रथम, सुहानी श्रीवास्तव दोश्रो, तेहरीम ताबिज तेश्रो र रुद्रानी आनन्द चौथो भएका थिए । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन विजया ओझैयाको सभापतित्वमा सम्पन्न प्रतियोगितामा प्रमुख अतिथि जीवन ज्योति उच्च माविका प्रिन्सिपल शिवजी गुप्ता, विशिष्ट अतिथि दिल्ली पब्लिक स्कुलका प्रिन्सीपल डा। जि।एस। चौधरी, लायन्स क्लबकी एम्बेसेडर अफ गभर्नर लायन मिनाक्षी गुप्ता, जोन चेयर पर्सन लायन रेखा वैद्य, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहा, विद्यालयका भाईस प्रिन्सिपल रन्जिव आनन्द, प्रतियोगिताका निर्णायक धनन्जय मिश्र, समाजसेवी एवं वातावरणविद जसपाल सिंह, क्लबकी सदस्यहरु अर्चना वर्णवाल, सोनल चौधरी, अनामिका पुजारी, कुमकुम टिबडेवाल, सपना मित्तल अग्रवाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण क्लबकी सचिव लायन मौसम भंगरले गर्नुभएको थियो भने स्वागत मन्तब्य क्लबकी सदस्य लायन आश्मा सिंह यादवले व्यक्त गर्नु भएको थियो । प्रतियोगितामा विजयी भएका विद्यार्थीहरुलाई निर्णायक र अतिथिहरुद्वारा पुरस्कार समेत वितरण गरिएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

जलनबाट व्यवसायी रावतको निधन

काठमाडौँ ।  बुद्धनगरका ४५ वर्षीय  व्यवसायी अश्विन रावतको जलबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.