वीरगन्ज, २५ कार्तिक । उम्मेदवारहरुलाई फूर्सद छैन । नमस्कार गर्दै जनताको घरदैलो चहार्नुमै उम्मेदवारहरुको दिन बितेको छ । तर पर्सामा एउटा यस्ता उम्मेदवार छन । उनी चुनाव प्रचार मात्र हैन सामाजिक काममा पनि त्यतीकै क्रियाशिल छन । चुनावी कामको चापसंगै समय ब्यवस्थापनको चुनौती ति उम्मेदवार संग पनि छ ।
तर बहुप्रतिभाका धनी सकारात्मकतामा बिश्वास गर्ने शालीन ब्यक्तिको छवी बनाएका उनी पर्सेली युवाकालागि त “आइडल” हुन मुलुक र मुलुक बाहिरकालागि नेपाली युवाहरुपुगेको ठाउमा पनि उनी त्यतिके रुचाइएका युवा नेता हुन । उनको गतिविधिमा बिदेशीएका युवाहरुले चासो राख्ने गरेका छन । नेपालका युवा युवतीले उनीलाई जिताउन आग्रह गर्दै पर्सेली युवाहरुलाई सामाजिक संजाबाट अपिल गरिरहेका छन ।
ति युवा नेता हुन रहवर अन्सारी । बाम गठबन्धनबाट चुनाव क्षेत्र नं १ का े“क”बाट उम्मेदवार बनेका माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी भने चुनावी प्रचार सगै सामाजिक गतिविधिमा पनि सहभागिता हुने गरेका छन् । शनिबार वीरगन्जको माईस्थानमा आयोजना गरेको रक्तदान कार्यक्रममा आफैं सहभागि भएर उनले रक्तदान गरे । रोट्र्याक्ट क्लब अफ वीरगन्जले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम स्थल माइस्थानमा गएर अन्सारीले रक्तदान गरेका हुन् ।माइस्थान रहवर अन्सारीको चुनाव क्षेत्र होइन ।
भोट बढ्छ भन्ने ठानेर उनी त्याहा पुगेका पनि होइनन । रक्त अभावमा कसैको ज्यानजानु हुदैन यो सन्देश प्रवाह होस भनेर आफू रक्तदान कार्यक्रममा सहभागि भएको उनको भनाई छ । उनी आफू मात्र सहभागि भएनन उनले उत्प्रेरीत गरेर पार्टीका नेताहरु हरि मण्डल, अखिल क्रान्तिकारीका रामबाबु मण्डल, नेहा पौडेल, सुरभी मिश्र, सुशान्त मिश्र, उमेश मिश्र, करण कुमार, बैजु प्रजापती, यसोदा सोडारी रक्तदानमा सहभागि हुने बतावरण बनाए ।
अहिले रक्तसञ्चार केन्द्रमा दिनहु करिब ३०÷४० पोका रगतको माग हुने गरेकोले “सचिन स्मृति“को विशेष अवसर पारेर रेडक्रस सोसाईटी पर्साको अनुरोधमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो अयोजक ले जनाए । ४ महिला सहित ५१ जनाले रक्तदान गरेको कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्राबिधिक जितेन्द्र कुशवाहाको टोलीले प्राबिधिक सहयोग गरेको थियो । कार्यक्रमको समन्वय रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष सौरभ शाहको अध्यक्षतामा भएको थियो ।
तपाईको प्रतिक्रिया