logo

लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसद्वारा मेयर र उपमेयर सम्मानित

      11/13/2017 गते 00 00 मा प्रकाशित     1649   पटक पढिएको

वीरगंज २७कार्तिक ।
लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसले सोमवार एक समारोहका बीच वीरगंज महानगरपालिका तथा जीतपुर सिमरा उपमहागनरपालिका र पोखरीया नगरपालिकाका प्रमुख तथा उप्रमुखहरुलाई  सम्मान गरेको छ । विगत लामो समयदेखि लायन्स क्लबमा आवद्ध भइ जनप्रतिनिधीमा विजयी भएका वीरगंज महानगरपालिकाका नगरप्रमुख लायन विजय सरावगी, जितपुर सिमरा उपमहागनरपालिकाका प्रमुख लायन डा.कृष्ण पौडेल र पोखरीया नगरपालिकाका उपप्रमुख लायन सलमा खातुनलाई सम्मान गरिएको हो। लायन्स क्लबका एरिया चिफ लायन देव चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लबका पुर्व अन्तराष्ट्रिय डाइरेक्टर लायन संजय खेतान पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह लगायतका विशिष्ठ अतिथिहरुले नवनिर्वाचित प्रमुख, उपप्रमुखहरुलाई सम्मान गर्नुभएको लायन्स क्लब अफ वीरगंज  ग्रिन क्याम्पसका उपाध्यक्ष विजय कुशवाहाले बताए । कार्यक्रममा संघिय इकाई प्रहरी कार्यालय वीरगंजका वरिष्ठ प्रहरी उपरिक्षक सुर्यनाथ उपाध्याय, पर्साका प्रहरी उपरिक्षक गणेश रेग्मी, लायन्स क्लबका पिएमसिसि लायन रमेश अग्रवाल, पुर्व डिष्ट्रिक गभर्नरहरु आर.पी. खेतान, चिरञ्जिवी लाल सरावगी, लायन्स क्लबका एम्बेस्डर अफ गभर्नर लायन मिनाक्षी गुप्ता, लायन उमेश साह कानु, समाजसेवी पशुपती विक्रम शाह, लायन्स क्लबका वरिष्ठ सल्लाहकार डि.एन. अग्रवाल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, लायन्स क्लबका रिजन चेयर पर्सन लायन प्रजय हरलालका लगायत लायन्स क्लबका अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।  
कार्यक्रमको संचालन लायन्स क्लबका जोन चेयर पर्सन लायन वासु तिमिल्सिना र धन्यवाद ज्ञापन रिजन चेयर पर्सन लायन राघव आचार्यले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.