logo

प्रतिबन्धित भारतीय कुखुराको तस्करीले नेपाली कुखुरा व्यवसायी मारमा

      11/16/2017 गते 00 00 मा प्रकाशित     1574   पटक पढिएको

वीरगन्ज, १ मंसिर । भारतीय कुखुरा नेपालमा प्रतिबन्ध लगाएपनि खुलआम रुपमा भारतीय कुखुराहरु भित्रिएपछि नेपाली कुखुरा व्यवसायीहरु मारमा परेका छन् ।

सीमा नाकाहरुमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा नै तस्करहरुले भारतीय कुखुराहरु ल्याउने गरेका कारण नेपाली कुखुरा व्यवसायीहरु मारमा परेको ग्रामीण कुखुरा व्यवसायी संघ पर्साका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए ।

मा नाकामा हुने चोरी तस्करी र आपाराधिक क्रियाकलाप नियन्त्रण गर्न स्थापना गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयको निष्क्रियताका कारण अहिले भारतीय कुखुरा निर्वाध रुमा भित्रिने गरेको व्यवसायीहरुले बताएका छन् ।

निर्वाचनको बहानामा जिल्लाका सुरक्षा निकायले चोरी तस्करीलाई खुला गरेर आफ्नो कमाउने धन्दा बनाएको स्थानीयहरुको आरोप छ । प्रहरीका दुवै निकायले अहिले भन्सार छलि तथा चोरी तस्करी नियन्त्रणमा खासै चासो नदेखाएको जनगुनासो बढेको छ ।

महानगर भित्रका केही स्थानमा सुरक्षा निकायका प्रमुख सहितका सुरक्षाकर्मीहरुको सक्रियता देखिएको भएपनि नाकाबाट हुने अवैध क्रियाकलापहरु रोक्न प्रहरीको खासै सक्रियता नदेखिएको स्थानीयको भनाई छ ।

भारतीय बजारबाट ल्याईका कुखुरा नेपाली बजारमा छ््याप छ््याप्ती पाउन थालेपछि नेपाली कुखुराहरु बिक्री हुन छाडेकोले नेपाली कुखुरा व्यवसायीहरु मारमा परेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

कुखुरा चोरी तस्करी नियन्त्रणका लागि मौखिक रुपमा प्रशासनलाई आग्रह गर्दा समेत कुने चासो नदेखाएको उनले गुनासो गरे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.