धनगढी, १ मंसिर : निर्वाचन विरोधी गतिविधि गरेको भन्दै कैलालीमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का चारजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का जिल्ला इञ्चार्ज रामप्रसाद चौधरी, क्षेत्रीय ब्यूरो सदस्य प्रकाश मल्ल, भूमिहीन सुकुम्वासी संघका केन्द्रीय उपाध्यक्ष मीनराज गिरी र तपेन्द्र रसाइलीलाई बिहीबार पक्राउ गरिएको जानकारी दिनुभयो ।
दुई जनालाई टीकापुरबाट र दुई जनालाई हसुलियाबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।
देशका विभिन्न जिल्लामा उम्मेदवारलाई लक्षित गरी बम विस्फोटन जस्ता घटना बढ्दै जान थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले दुई दिनअघि मात्रै यहाँ भएको निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठीमा निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको थियो ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।
ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
तपाईको प्रतिक्रिया