माघ १ बीरगंज । सोमबार वीरगञ्जमा थारु समुदायले भब्यरुपमा माघी महोत्सव सम्पन्न गरेका छन । थारुहरुको नयाँ वर्ष थारु संवत २६४२ तथा माघेसंक्रन्तीको अवसर पारेर वीरगञ्जको आदर्शनगरस्थित स्वीमिङ पुल परिसरमा माघी महोत्सव गरिएको थियो ।
माघी मूल समारोह समिति पर्साको आयोजनामा भएको कार्यक्रममा थारुहरुको साँस्कृतिक पर्व विाह गीत,घाटो ,समाचकेवा सहित अन्य सास्कृतिक प्रर्दशनी गरिएको थियो । महोत्सव स्थलमा थारु खाना माछा,हाँस कुखुरा माछाको सुकुटी चेचर गगटा परिकारहरुको स्टलसमेत राखिएको थियो ।
माघी महोत्सवको अवसर पारेर महोत्सव स्थलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय जनाले रक्तदान गरेका छन । महोत्सवमा पर्सा जिल्लाको स्थानीय तह प्रादेशीक र केन्द्रीय संसदमा निर्वाचित थारु जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।
महोत्सवका प्रमुख अतिथि शिक्षा प्रेमी ब्रहमा महतो थारुले र भारत बिहारको पश्चिमी चम्पारण जिल्लाका थारु अगुवा शैलेन्द्र गढवालले उनीहरुलाई सम्मान पत्र दिइ दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
प्रदेश सभा ४ को १ का प्रदेशसभा सदस्य शंकर चौधरी पटेर्वा गाउँपालिकाका प्रमुख हरिनारायण चौधरी उपप्रमुख ममता महतो थारु, पर्सागढी नगरपालिकाका उपमेयर अर्चना चौधरी,सखुवा प्रसौनी गाउँपालिकाका उपप्रमुख फूलमती देवी थारु जिरा भवानी गाउँपालिका अध्यक्ष रामप्रित चौधरी उपाध्यक्ष उषा चौधरी लगायत सबै निर्वाचित थारु जनप्रतिनिधिहरु सम्मानीत भएका हुन ।
त्यसै गरि सामाजिक क्षेत्रमा योगदान पु¥याएका सामाजिक अभियान्ता प्रकाश थारु लगायत थारु समाजका अन्य अगुवाहरुलाई पनि सम्मान गरिएको थियो ।
नेपालको एकिकरणमा योगदान पु¥याएको थारुसमुदाय अन्य कुनै समुदाय भन्दा बढी राष्ट्रवादी भएको वक्ताहरुले बताए । नेपाल निर्माण र नेपाली भूमीको रक्षामा योगदान पु¥याएको थारु समुदायलाई राजनीतिको मुल प्रवाहमा जोडनु पर्नेमा वक्ताहरुले जोड दिए । थारु अगुवाहरुले आदिवासी जनजाति थारु समुदायको हक अधिकार अझै सुनिश्चित हुन नसकेको बताएका छन् ।
त्यसका लागि राज्यलाई अझै दबाव दिनुपर्ने आवश्यकता रहेको उनीहरुको भनाइ छ । महोत्सवमा आयोजना गरिएको रक्तदानमा एक सय एक जनाले रक्तदान गरे ।
महोत्सवमा ब्रहमा महतो दास थारु प्रदेश सभा सदस्य शंकर चौधरी भारतीय थारु अगुवा शैलेन्द्र गढवाल,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा,पूर्व अध्यक्ष के.सी.लामिछाने,आदीवासी जनजाती पत्रकार महासंघका सचिव निरज पिठाकोटे, पटेर्वा गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरी उपाध्यक्ष ममता महतो थारु,पर्सागढी नगरपालिकाको उपप्रमुख अर्चना चौधरी वडा नं २ का सदस्य बेदमन दास थारु मुल समारोह समितिका मनोज चौधरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
मुल समारोह समितिका अध्यक्ष परमानन्द चौधरीको अध्यक्षतामा भएको महोत्सवको संचालन बिजया औझैया र पूनम चौधरीले गरेका थिए ।
तपाईको प्रतिक्रिया