वीरगंज २ माघ ।
वीरगंजमहानगरपालिकाले नगरभित्र छोडिएका छाडा चौपाया नियन्त्रण अभियान शुरु गरेको छ ।
सुरक्षित सडक सवारी सञ्चालनकालागि विशेष अभियान सञ्चालन गरी नगरभित्र छाडा छोडिएका चौपाया नगर रक्षकद्वारा नियन्त्रणमा लिने अभियान महानगरपालिकाले सुरु गरेको हो ।
महानगरपालिकाले माघ १गतेदेखि अभियान सञ्चालन गरेर छाडा चौपाया नियन्त्रणमा लिने गरेको जनाएको छ । महानगरभित्र गाई, बाख्रा, सुंगुर र साँडे छाडा छोडने गरिएको छ ।
वीरगंज महानगरपालिकाको साँघुरो सडकमा सिटी रिक्सा, रिक्सा तथाअन्य सवारीसाधन सञ्चालनमा छाडा चौपायाका कारणा सडक जामहुने गरेको छ ।
नियन्त्रणमा लिएका छाडा गाईलाई रु ५हजार , बाछालाई ३ हजार जरिवाना लिएर छाड्ने गरिएको महानगरपालिकाले जनाएको छ ।
सोमवार महानगरले ११ वटा गाई, बाछा, साँडे नियन्त्रणमा लिएर पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाको नजिकको स्थानमा छाडेको छ । मंगलवार छाडा छोडिएका १४ वटा गाई, बाछा, साँडे नियन्त्रणमा लिएको महानगरपालिका काकार्यालयले जनाएको छ ।
महानगरापलिकाको यस अभियानका कारण छाडा पशु छोड्ने कार्यमा कमीआएको छ ।
तपाईको प्रतिक्रिया